शनिबार, साउन १२ गते २०८१    
images
images
images

होजोन अटोले दक्षिणपूर्वी एसियालाई लक्षित गरी थाइल्यान्डमा विद्युतीय कार उत्पादन गर्ने

पहिलो चरणमा निटा भी, निटा यू र एस बनाउने

images
सोमबार, वैशाख २५ २०८०
images
images
होजोन अटोले दक्षिणपूर्वी एसियालाई लक्षित गरी थाइल्यान्डमा विद्युतीय कार उत्पादन गर्ने

होजोनले यही २०२४ भित्र निटा भी कार उत्पादन गर्नेगरि थाइ सरकारसँग सम्झौता गरेको हो।

images

काठमाडौं- चीनको न्यू इनर्जी अटोमोबाइल कम्पनी होजोनले थाइल्यान्डमा विद्युतीय कार उत्पादन प्लान्ट स्थापना गर्ने भएको छ। विद्युतीय कार प्लान्ट स्थापनाका लागि होजोनले थाइ सरकारसँग सम्झौता गरेको हो। 

images
images

दक्षिणपूर्वी एसियाली बजारलाई लक्षित गरेर थाइल्यान्डमा विद्युतीय कार उत्पादन प्लान्ट खोल्न लागिएको होजोनले जनाएको छ। थाइल्यान्ड यो क्षेत्रको कार उत्पादन हबका रुपमा रहेको छ। 

images

होजोनले थाइल्यान्डमा पहिलो चरणमा निटा भी कार उत्पादन गर्ने छ। २०२४ भित्र थाइल्यान्डमा बनेको निटा भी बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। होजोनले यही २०२४ भित्र निटा भी कार उत्पादन गर्नेगरि थाइ सरकारसँग सम्झौता गरेको सरकारका प्रवक्ता टिपानन सिरिचानले विज्ञप्तिमार्फत बताएको रोयटर्सले लेखेको छ। 

गत वर्ष होजोनले थाइल्यान्डमा चीनमा निर्मित निटा भी सार्वजनिक गरेको थियो। त्यस्तै होजोनको निटा यू र निटा एस मोडल अबको केही महिनामा थाइ बजारमा सार्वजनिक गरिने कम्पनीले उल्लेख गरेको छ। 

images

थाइल्यान्डमा होजोनसहित अन्य केही कम्पनीहरुले पनि सवारी उत्पादनका लागि लगानी बढाइरहेका छन्। थाइल्यान्डमा निटा भीसहित ग्रेटवाल मोटर, टेस्लालगायत ब्रान्डका कारको माग बढ्दै गइरहेको छ। गएको महिना चीनको चाङगन अटोले थाइल्यान्डमा २८ करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने बताएको थियो। 

थाइल्यान्ड टोयोटा तथा होन्डाका लागि एसियाको चौथो ठूलो एसेम्ब्ली तथा निर्यात हब हो। थाइ सरकारले विद्युतीय कारको स्वीकार्यता र उत्पादन बढाउन विभिन्न अफरहरु दिइरहेको छ। त्यसैले पनि विद्युतीय कार उत्पादकहरुको ध्यान थाइल्यान्डतर्फ आकर्षित भएको हो। थाइ सरकारले २०३० सम्ममा देशमा उत्पादन हुने सवारीमध्ये ३० प्रतिशत विद्युतीय हुने लक्ष्य लिएको छ।

होजोनको निटा भी विद्युतीय कार नेपाली बजारमा पनि बिक्री हुँदै आएको छ। निटा भी नेपाली बजारमा चौधरी समूहअन्तर्गतको सीजी मोटरले उपलब्ध गराएको हो। एक वर्षअघि नेपाल भित्रिएको निटा भीले रेन्ज र आकर्षक विशेषताका कारण आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ। 

आधुनिक विशेषताले भरिएको निटा भी सीजी मोटर्सले भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले विद्युतीय सवारीमात्र उत्पादन गर्ने गरि स्थापना भएको होजोन अटोले उत्पादन गरेको निटा ब्रान्डका विद्युतीय कार नेपाली बजारमा ल्याएको हो। अन्य अधिकांश सवारी उत्पादकले आईसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएका छन्। 

निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार हो। जसका कारण निटा ब्रान्डका कार निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ। 

निटा भीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ। नेपाली बजारमा निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

सीसी मोटर्सले नक्साल भाटभटेनी नजिकै निटा भीको शोरुम सञ्चालनमा ल्याएको छ। त्यस्तै कम्पनीले पोखरा, विराटनगरलगायत सहरमा पनि आफ्नो नेटवर्क विस्तार गरिरहेको छ। कम्पनीले उपत्यकासहित विभिन्न स्थानमा चार्जिङ नेटवर्क विस्तारको कामलाई तीव्र बनाएको छ। हाल निटा भी उपलब्ध गराएको सीजी मोटरले अबको केही समयपछि निटा यू प्रो र निटा एस पनि नेपाली उपभोक्तालाई उपलब्ध गराउने बताएको छ। 

निटा भीमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म हुन जम्मा २० मिनेट लाग्ने छ। 


प्रकाशित : सोमबार, वैशाख २५ २०८००४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend