काठमाडौं- अमेरिकी लगानी निकाय डेभलपमेन्ट फाइनान्स कर्पोरेसनले नेपालमा पहिलोपटक लगानी गर्ने भएको छ।
अमेरिकी निजी लगानी कोषले ७ करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धतता गरेको हो। यो संस्थाको लगानी नेपालमा पहिलोपटक हुने छ।
नेपालमा आधारिति निजी लगानी कोषहरुमा लगानी गर्ने छ। मध्यम तथा साना उद्दम व्यवसाय केन्द्रित लगानी गर्ने डीएफएसले प्रतिबद्धता जनाएको छ।
त्यस्तै अमेरिकी सहायता निकाय यूएसएआइडीले दक्षिण एसिया क्षेत्रको उर्जा सहकार्यमा ४ करोड ९० लाख डलर थप लगानी गर्ने प्रतबद्धतता जनाएको छ। क्षेत्रीय उर्जा आपूर्तिका लागि यसले लगानी गर्ने जनाएको छ।