मंगलबार, असोज १ गते २०८१    
images
images

खानेपानी आयोजना  अलपत्र

images
आइतबार, वैशाख २४ २०८०
images
images
खानेपानी आयोजना  अलपत्र

अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशतमात्र भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए।

images
images

गोरखा- गोरखाको सहिद लखन गाउँपालिका-९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ।

images
images
images

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब साढे दुई करोड रुपैयाँमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन। 

ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो। पहिलोपटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दासमेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छाडेको छ।

अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशतमात्र भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए। 'लिफ्टिङ प्रविधिबाट निर्माण गर्न लागिएको यो आयोजना तीन किलोमिटर टाढा रहेको ढिकुरे रहबाट पानी तानेर वितरण गर्ने गरी सुरु गरिएको हो', उनले भने, 'रिजर्भ ट्यांकीसहित चारवटा ट्याङकी निर्माण गर्ने गरी आयोजनाको लागत अनुमान छ।' टयांकी निर्माणको काम भने अहिले उपभोक्ता समितिमार्फत पहिले नै बनेकाले पछिल्लो बजेटबाट पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणलगायतका काम गर्ने गरी सम्झौता भएको थियो।'

images

प्रमुख पौडेलले ठेकेदार कम्पनीले पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणको काममात्र सम्पन्न गरेको बताए। 'काम सम्पन्न गरेअनुसार कार्यालयले अहिलेसम्म ठेकेदार कम्पनीलाई एक करोड ३० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ', उनले भने, 'त्यसबाहेक ११ लाख रुपैयाँ ठेकेदार कम्पनीले पेश्कीस्वरुप बुझिसकेको छ।' प्रमुख पौडेलले अझै नियमित काम गरे असार मसान्तसम्म काम सम्पन्न गर्न सक्ने अवस्था रहेको बताए। 

'कार्यालयका तर्फबाट हप्तामा एकपटक फोन गरेर पनि काम समयमा सम्पन्न गर्न भनेका छौँ', उनले भने, 'टेलिफोनमा  मात्र नभएर दुई पटकसम्म त लिखितरूपमा पनि पत्र पठाइसकिएको छ।' आयोजना निर्माण सम्पन्न भए कार्यालयले आवश्यक विद्युतीकरणका लागि ठेक्का लगाउने तयारी गरिरहेको प्रमुख पौडेलले बताए। 

आयोजनाबाट पँधेरागाउँ, खोलापारि, माथिल्लो आरुबोटे, डाँडागाउँलगायतका क्षेत्रका करिब दुई हजार तीन सय ७७ घरघुरीमा खानेपानी पुर्‍याउने लक्ष्य रहेको थियो। ठेकेदार कम्पनी नाना जेभीले भने कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ भएको दाबी गरेको उनले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, वैशाख २४ २०८००४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend