शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

टाटा नेक्सन ईभी म्याक्स मंगलबार नेपाली बजारमा सार्वजनिक हुने

images
शनिबार, वैशाख २३ २०८०
images
टाटा नेक्सन ईभी म्याक्स मंगलबार नेपाली बजारमा सार्वजनिक हुने

टाटा नेक्सन ईभी प्राइमको तुलनामा म्याक्स मोडलमा ठूलो ब्याट्री, धेरै रेन्ज र पावरफुल मोटर उपलब्ध रहेको छ।  

images
images

काठमाडौं- टाटा मोटर्सको विद्युतीय कार नेक्सन ईभीको हाइ रेन्ज भर्सन नेक्सन ईभी म्याक्स आगामी मंगलबार सार्वजनिक हुने भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल नेक्सन ईभी म्याक्स मंगलबार सार्वजनिक गर्ने तय गरेको हो। 

images
images
images

कम्पनीले ल्याउने नेक्सन म्याक्स अहिले बिक्री भइरहेको प्राइम मोडलभन्दा हाइटेक र विशेषताहरुले भरिएको छ। टाटा नेक्सन ईभी प्राइमको तुलनामा म्याक्स मोडलमा ठूलो ब्याट्री, धेरै रेन्ज र पावरफुल मोटरमा उपलब्ध रहेको छ।  

images
images

सिप्रदीले नेक्सन ईभी म्याक्स मंगलबार सार्वजनिक हुने आफ्नो फेसबुक पेलमा लेखेको छ। लामो समयदेखि आउने भनिएको नेक्सन ईभी म्याक्स अन्ततः आगामी साता अउने निश्चित भएको हो। 

images
images

टाटाले नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री छ। साथै प्राइम मोडलको भन्दा ठूलो १०५ किलोवाट क्षमताको मोटर दिएको छ। यसमा मल्टी रिजेनेरेटिभ ब्रेकिङ मोड उपलब्ध गराइएको छ। यसमा रहेको ब्याट्रीले सिंगल चार्जमा ४ सय ५३ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको टाटा मोटर्सले जनाएको छ। 

एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा भारतमा सार्वजनिक भएको नेक्सन ईभी म्याक्समा दुईथरी चार्जिङ अप्सनमा उपलब्ध छ। यसमा स्ट्याण्डर्ड ३.३ र अर्काे ७.२ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर दिइएको छ। 

नेक्सन ईभी म्याक्सलाई ३.३ किलोवाटको चार्जरले फुल चार्ज गर्न १५ देखि १६ घण्टा लाग्छ भने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा ६ घण्टामै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। 

नेक्सन ईभी म्याक्समा प्राइम मोडलको भन्दा केही विशेषताहरुसमेत थप गरिएको छ। यसमा पार्कमोड सहितको इलुमिटेड गियर नव, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि विशेषता थपिएका छन्। त्यस्तै सुरक्षाका लागि म्याक्स ईभीमा ईएसपी तथा हिल होल्ड असिस्टसमेत थपिएको छ। 

नेक्सन ईभी म्याक्सको मूल्य बारे भने कम्पनीले केही सार्वजनिक गरेको छैन। यही रेन्जका अन्य कम्पनीका विद्युतीय कारसँग प्रतिस्पर्धा गर्नेगरि नेक्सन ईभी म्याक्सको मूल्य निर्धारण हुने कम्पनीले जनाएको छ। दुई भेरियन्टमध्ये सुरुमा एउटा आउने अनुमान गरिएको छ। 


प्रकाशित : शनिबार, वैशाख २३ २०८०१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend