शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

टाटा टियागो ईभी भारतमा ४ महिनामै १० हजार वटा बिक्यो, नेपाल ल्याउने तयारी

images
मंगलबार, वैशाख २६ २०८०
images
टाटा टियागो ईभी भारतमा ४ महिनामै १० हजार वटा बिक्यो, नेपाल ल्याउने तयारी

लिक्युड-कुल्ड ब्याट्र र मोटरका साथ उपलब्ध टियागो ईभीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ।

images
images

काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेको ह्याच ब्याक सेगमेन्टको विद्युतीय कार टियागो ईभी भारतमा ४ महिनामै १० हजार वटा उपभोक्तालाई हस्तारन्तरण गरेको छ। सार्वजनिक भएको ४ महिनामा १० हजार वटा बिक्री हुने टियागो ईभी नै पहिलो भएको टाटा मोटर्सको भनाइ छ। 

images
images
images

टाटा मोटर्सले बुकिङ खुला गरेको २४ घण्टामा टियागो ईभी १० हजार वटा बुकिङ भएको थियो। टियागो ईभी भारतका ४ सय ९१ सहरमा पुगेको र बिक्री भएका १० हजार कारले १ करोड १२ लाख किलोमिटर यात्रा तय गरेको छ। त्यस्तै यो यात्रामा १६ लाख ग्राम सीओटू उत्सर्जन बचत भएको छ। 

images
images

टाटाको टियागो ईभी भारको दोस्रो सस्तो विद्युतीय कार हो। कम्पनीका आनुसार १२ सय टियागो ईभीले ३ हजार किलोमिटरभन्दा बढीको दुरी पार गरिसकेको र ६ सय कारले भारतीय सडकमा ४ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरिसकेको छ। 

images
images

यी सबै कार आईसी इन्जिनयुक्त हुँदाको तुलनामा टियागो ईभी कुदाउँदा समग्रमा ७ करोड भारु बचत भएको दाबी टाटा मोटर्सले गरेको छ।  विद्युतीय कार उत्पादनमा आक्रामक देखिएको टाटाले आफ्नो लाइनअप थप्दै लगेको छ। 

टाटा मोटर्सले २०१८ को अटो एक्सपोमा पहिलोपटक टियागो ईभी सोकेस गरेको थियो। २०२० मा भारतीय बजारमा बिक्रीका लागि आउने अनुमान गरिएको यो कार २०२३ जनवरीमा बिक्री सुरु भएको हो। 

टाटाले हाल भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी र टियागो ईभी बिक्री गर्दै आएको छ। टाटाले आगामी ५ वर्षमा १० वटा विद्युतीय सवारी बजारमा ल्याइसक्ने जनाएको छ। 

टाटा मोटर्सले टियागो ईभी पछि अन्य दुई मोडलका विद्युतीय कार सार्वजनिक गर्ने तयारीसमेत गरेको छ। टाटा मोटर्सले २०३० सम्ममा आफूले बिक्री गर्ने कुल प्यासेन्जर कारको ३० प्रतिशत विद्युतीय हुने बताएको छ। यो योजनाले सरकारी लक्ष्यलाई समेत सहयोग पुग्ने टाटा मोटर्सको भनाइ छ। 

टियागो ईभी पेट्रोलियम इन्जिनकै डिजाइनमा आएको भए पनि इन्टेरियर र ग्रिलमा भने परिमार्जन गरिएको छ। टाटा टियागो ईभी फास्ट चार्जिङ क्षमतासहित आएको छ। 

टियागो ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ। २४ केडब्लूएचको ब्याट्री प्याक भएको टियागो ईभीले ३१५ किलोमिटर रेन्ज दिने र १९.२ केडब्लूएच ब्याट्री प्याक भएको कारले २ सय ५७ किलोमिटर रेन्ज दिनेछ। 

लिक्युड-कुल्ड ब्याट्र र मोटरका साथ उपलब्ध टियागो ईभीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ। १५ एम्पियर प्लगबाट चार विभिन्न चार्जिङ अप्सन दिइएको छ। ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ। १० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ।  

टियागो ईभी बजारमा आएसँगै विद्युतीय कार किन्ने उपभोक्ताका लागि धेरै वटा छनौटको विकल्प हुनेछ। यस्तो विकल्प भारतीय उपभोक्ताका लागि मात्र नभइ नेपाली उपभोक्तालाई समेत हुनेछ। 

टाटाका विद्युतीय कार नेक्सन ईभी, टिगोर ईभी नेपाली बजारमा पनि उपलब्ध छन्। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भारतमा सार्वजनिक भएर १० हजार वटा बिक्री भइसकेको टियागो ईभी अबको दुई महिना भित्र नेपाल आउने अनुमान छ। हाल टाटा नेक्सन ईभी नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ। 

नेपालमा ३० लाख रुपैयाँ वा त्योभन्दा सस्तोमा विश्वसनीय ब्रान्डको विद्युतीय कार पर्खिने उपभोक्ताको संख्या ठूलो छ। यो तप्काका उपभोक्ताका लागि टियागो ईभी उपयुक्त विकल्प हुनसक्छ। टिगोर ईभी ३० लाख रुपैयाँ हाराहारीमै आउने अनुमान गरिएको छ। चीनलगायत मुलुकबाट आइत भइरहेका २ दुई ढोके कारकै मूल्य २५ देखि ३० लाख रुपैयाँमा बिक्री भइरहेको छ। तर टियागो ईभी पाँच ढोके पूर्णह्याच ब्याक कार हो। त्यसैले पनि धेरै नेपाली उपभोक्ता यो कारको पर्खाइमा छन्। 


प्रकाशित : मंगलबार, वैशाख २६ २०८००४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend