मंगलबार, असोज १ गते २०८१    
images
images

पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : अर्थमन्त्री महत

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २३ २०८०
images
images
पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले विकास निर्माणलाई सधैँ प्राथमिकता दिँदै आएको बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताएका छन्।

images
images
images

दुप्चेश्वर गाउँपालिका नाम्सापुराण नुवाकोटस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्म्सम्भव मूर्तिको प्राण प्रतिस्थापन तथा उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ। यो थोरै आम्दानीलाई देशैभरिको विकास निर्माणमा पुर्याउनुपर्ने हुन्छ। स्रोतको समस्या छ, यसका बाबजुद जे सम्भव हुन्छ, मबाट काम हुनेछ।’

मन्त्री डा. महतले नेपाली कांग्रेसले विकास निर्माणलाई सधैँ प्राथमिकता दिँदै आएको बताए। कांग्रेस जहिले सरकारमा हुन्छ, त्यसबेला जनताको पीरमर्का, आवश्यकता र विकास निर्माणलाई प्राथमिकतामा राखेको हुने उनको भनाइ थियो।

'दुप्चेश्वर गाउँपालिकामा केही समय अगाडि कुनै पूर्वाधार थिएन। पुल, सडकलगायतका विविध पूर्वाधारको विकास भएको छ, शिवपुरी क्षेत्रमा व्यापक विद्युतीकरण भएको छ,' उनले भने, ‘अहिले पनि यहाँको विकास निर्माण, जनताको आवश्यकता, बाह्रै महिना चल्ने बाटो निर्माण हो, अप्ठ्यारो पर्दा, बालबालिकालाई स्कूल जाँदा कुनै समस्या नआओस् भन्ने हो, त्यसैले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ।’

images

‘अहिले यहाँ दुईवटा महत्वपूर्ण बाटो निर्माण भएको छ। पक्की बाटो बन्दैछ। समुन्द्र टारदेखि यता, त्यो कच्ची छ, बर्खामा धेरै अप्ठ्यारो छ। यो बाटोलाई पक्की गर्नुपर्ने आवश्यकता छु', अर्थमन्त्री महतले भने, ‘ढिकुरेदेखि समुन्द्रटारसम्मको बाटो पनि स्तरोन्नति गर्न आवश्यक छ। यसका लागि आवश्यक बजेट विनियोजन हुनेछ। यो काम हामी गर्छाैँ, यो दुईवटा बाटो जोडिसकेपछि यहाँका जनताका कठिनाइका दिन अन्त्य हुनेछ।’ 

अर्थमन्त्री महतले उच्च कर्तव्यनिष्ठताका साथ जनताको सेवामा म समर्पित हुने बताए। ‘छहरे-टोखा सुरुङ मार्गदेखि समग्र नुवाकोटको कृषि, पर्यटन र उद्योग व्यवसायको विकासमा म समर्पित हुनेछु।’

उनले रोजगारीको आवश्यकता, हरेक घर परिवारको आम्दानी श्रोत सुनिश्चित होस् भन्ने जनताको आकांक्षालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए। उनले भने, ‘हाम्रो उद्देश्य जनताको सेवा मात्र हो, जनताको आवश्यकता र आकांक्षाका अगाडि व्यक्तिगत आकांक्षा र आवश्यकता गौण हुन्।’


प्रकाशित : शनिबार, वैशाख २३ २०८००९:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend