बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २३ २०८०
images
images
सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा
images
images

बैतडी- पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ।

images
images
images

नगरपालिकाभित्र रहेका १५ सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए। नौ सहिद परिवार र ६ बेपत्ता परिवारको नगरपालिकाले बीमा गरिदएको हो।

images
images

स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बीमा गरिदिएको हो। १५ परिवारको तीन हजार ५ सय रूपैयाँका दरले स्वास्थ्य बीमाबापतको प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने उपप्रमुख बोहराले बताए।

images
images
images

पाँच जनासम्म सदस्य संख्या रहेको परिवारको तीन हजार पाँच सय रूपैयाँमा एक वर्षका लागि स्वास्थ्य बीमा गर्ने गरिन्छ। सोबापत बीमित परिवारले एक लाखसम्मको उपचार सुविधा पाउँछन्। बीमित परिवारले सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउने गर्दछन्। नगरपालिकाले यसअघि रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडी घर भएका नेपाली कामदारको निःशुल्क बीमा पनि गरिदिएको छ।

यसअघि सो नगरपालिकाले सहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको थियो। 

जिल्ला प्रशासन कार्यालय र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो। प्राप्त नामावली आएका १५ सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई दोसल्ला प्रमाणपत्र र पाँच हजारसहित सम्मान गरिएको नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिए।

यस्तै उनीहरूलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान कार्यक्रम चालु आर्थिक वर्षको नगरसभाबाट स्वीकृत गरेको थियो। रासस


प्रकाशित : शनिबार, वैशाख २३ २०८००९:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend