मंगलबार, असोज १ गते २०८१    
images
images

कोरोना महामारीको आपतकाल सकियो, अर्बौँले खोप लगाउन बाँकी

images
शनिबार, वैशाख २३ २०८०
images
images
कोरोना महामारीको आपतकाल सकियो, अर्बौँले खोप लगाउन बाँकी
तस्बिर : रासस

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले आपतकालीन समितिको १५औँ बैठकमा आएको सुझावअनुसार जनस्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेको बताएका हुन्। 

images
images

काठमाडौं- विश्वभर ७० लाखभन्दा बढी मानिसको ज्यान लिएको कोरोना महामारीलाई लिएर जारी गरिएको उच्च सतर्कता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हटाएको छ। यो घोषणालाई डब्लूएचओले कोरोना महामारी अन्त्यको एउटा महत्वपूर्ण कदमको रुपमा लिइएको जनाएको छ।

images
images
images

शुक्रबार डब्लूएचओको कन्फ्रेन्समा कोभिड-१९ लाई लिएर जारी गरेको उच्च तहको सतर्कता हटाउने निर्णय गरेको हो। डब्लूएचओले तीन वर्षपछि उक्त सतर्कता हटाएको छ।

विश्वव्यापी स्वास्थ्य आपतकालको रुपमा अब कोरोना महामारी नरहेको भन्दै डब्लूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो। चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको थियो।

भाइरसको फैलावट रोक्न डब्लूएचओले कडा प्रतिबन्धात्मक नियमहरु जारी गरेको थियो। २०१९ डिसेम्बरबाट कोरोना महामारी संसारभर फैलिएको थियो। कोरोना महामारीका कारण विश्वभर ७० लाख मानिसको मृत्यु भएको पुष्टि डब्लूएचओले गरेको छ।

images

तर उसले मृतकको संख्या योभन्दा तीन गुणा बढी हुन सक्ने अनुमानसमेत गरेको छ। यसबारे यकिन तथयांक भने संकलन हुन सकेको छैन।

स्वास्थ्य विज्ञहरुका अनुसार कोरोना संक्रमणका कारण साप्ताहिक मृत्युदर २०२१ को जनवरी महिनामा एक लाखभन्दा बढीसम्म पुगेको थियो। यो उच्च बिन्दुबाट गएको अप्रिल २४ सम्ममा मृत्युदर तीन हजार पाँच सयमा झरेको सीएनएनले उल्लेख गरेको छ।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले आपतकालीन समितिको १५औँ बैठकमा आएको सुझावअनुसार जनस्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेको बताएका हुन्।

तर खतराको अवस्था भने कायमै रहेको उनको दाबी छ। अवस्था फेरिएमा स्वास्थ्य आपतकाल फेरि घोषणा गर्न सकिने उनले बताए। कोरोना महामारीबाट संसारभरका सबैजसो देश प्रभावित भएका थिए।

डब्लूएचओको तथ्यांकअनुसार कोरोना भाइरबाट विश्वभर ७५ करोड मानिस संक्रमित भएका थिए। संक्रमितमध्येबाट ७० देखि ७५ लाख मानिसको मृत्यु भएको थियो। युरोपका लगभग सबै मानिस कोभिड १९ बाट संक्रमित भएका थिए भने संक्रमित मृत्युदर अमेरिकामा बढी थियो।

गएको अप्रिलसम्म पनि विश्वभर सातामा ३५ सयभन्दा बढी मानिस कोरोना संक्रमणबाट मरिरहेको डब्लूएचओले जनाएको छ। अझैपनि विश्वभर अर्बौँ मानिसले भ्याक्सिन लगाएका छैनन्। 


प्रकाशित : शनिबार, वैशाख २३ २०८००९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend