बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

आयस्रोत जुटाउँदै गुरुकुल

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २३ २०८०
images
images
आयस्रोत जुटाउँदै गुरुकुल

देवघाटधामका गुरुकुल तरकारी र दूध उत्पादनमा आत्मनिर्भर रहेका छन्। हरिहर संस्कृत गुरुकुलले धानखेतीसमेत गर्न थालेको छ। वटुकले खेती गरी खाद्यान्नमा आत्मनिर्भर गर्नतर्फ लागिरहेका छन्।

images
images

डुम्रे- तनहुँको देवघाट गाउँपालिका-५ देवघाटधाममा सञ्चालित गुरुकुल आत्मनिर्भर बन्ने प्रयासमा जुटेको छ। महेश सन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल आत्मनिर्भर बन्ने उद्देश्यले आयस्रोत जुटाउन लागिपरेको हो।

images
images
images

आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल, महेश गुरुकुल संस्कृत विद्यापीठ र रामानन्द अनुसन्धान केन्द्र रहेका छन्। विशेषगरी वटुकलाई धर्म, संस्कृति र संस्कार सहितका शिक्षा दिने उद्देश्यले सञ्चालित गुरुकुलले वटुकको पठनपाठनलाई सहज बनाउन दीर्घकालीन आयआर्जन गर्न लागेको आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिए। संस्कृत गुरुकुल दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले पुस्तक प्रकाशन गर्न थालिएको उनले बताए।

images
images

'आर्थिक पक्षलाई दीर्घकालीन आम्दानीको स्रोत स्थापना गर्ने उद्देश्यले पाठ्यपुस्तक प्रकाशनको प्रयास गरेका छौँ, संस्कृतका पुस्तक अल्पसंख्यक रुपमा प्रकाशित हुन्छन्, यसले दीर्घकालीन आयस्रोत निर्धारण गरेका छौँ', व्यवस्थापक गिरीले भने। संस्कृत गुरुकुलमा पठनपाठन हुने पुस्तक, संस्कृतका दर्शनका पुस्तक प्रकाशन गरिएको उनले बताए।

images
images
images

आश्रमले हालसम्म संस्कृत पाठ्यपुस्तकसहित ३०/३५ पुस्तक प्रकाशन गरिसकिएको र यसले आयस्रोतको बाटो निर्धारण भएको गिरीले बताए। पुस्तक प्रकाशनले थोरै भए पनि आम्दानीको आयआर्जन गर्न थालेको उनले बताए।

'पाठ्यपुस्तक, संस्कृत दर्शनका पुस्तक प्रकाशनका क्रममा वटुकलाई नै टाइप, सम्पादन, सच्याउने, कम्प्युटर सेटिङ गर्न सिकाउछौँ, यहाँ अध्यापनरत गुरु, महाराजद्वारा लिखित पुस्तक वटुकले टाइप, सम्पादन, सच्याउने, कम्प्युटरमा सेटिङ गर्ने कार्य गर्छन्, यसले वटुकको व्यक्तित्व विकास हुन्छ र पुस्तक प्रकाशनमा संस्थालाई व्ययभार कम हुने गर्दछ', उनले भने।

वटुकको व्यक्तित्व विकाससँगै संस्थालाई पुस्तक प्रकाशनमा व्ययभार कम हुने गरेको उनले बताए। आश्रमद्वारा प्रकाशित पाठ्यपुस्तक मुलुकभरका अधिकांश गुरुकुलमा पुगेको उनले बताए। 'बजारमा बिक्रीका लागि पठाउन सकिएको छैन, मुलुकका गुरुकुलमा अध्यापनका लागि भने पुस्तक पठाउन थालेका छौँ, प्रचारप्रसारकै क्रममा रहेका छौँ', व्यवस्थापक गिरीले भने।

पोखराको नदीपुरस्थित महर्षि वैदिक गुरुकुल, काठमाडौंको नैनीसारंगी गुरुकुल, बुटवलको दुर्गा गुरुकुल, देवघाटधामका अन्य गुरुकुल र अन्य कन्या गुरुकुलमा आश्रमद्वारा प्रकाशित पाठ्यपुस्तक पठाउने गरिएको उनले बताए। सरकारले संस्कृतका लागि सञ्चालित गुरुकुल संरक्षण गर्ने र स्रोतसाधन जुटाइदिने वातावरण गरिदिए सुरक्षित गर्न सकिने आश्रमको अपेक्षा छ। 

देवघाटधामका गुरुकुल तरकारी र दूध उत्पादनमा आत्मनिर्भर रहेका छन्। हरिहर संस्कृत गुरुकुलले धानखेतीसमेत गर्न थालेको छ। वटुकले खेती गरी खाद्यान्नमा आत्मनिर्भर गर्नतर्फ लागिरहेका छन्। आफै उत्पादनमा जुटेपछि खाद्यान्न सहयोगका लागि अपिल गर्नुपर्ने अवस्थाको अन्त्य हुने आश्रमले जनाएको छ। रासस


प्रकाशित : शनिबार, वैशाख २३ २०८००६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend