मंगलबार, असोज १ गते २०८१    
images
images

पानीले फेरिएको दैनिकी

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २३ २०८०
images
images
पानीले फेरिएको दैनिकी

जब घर-घरमै एक घर-एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब यहाँका गाउँलेको दैनिकी फेरिएको छ।

images
images

वालिङ- बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ। लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट-१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ।

images
images
images

जब घर-घरमै एक घर-एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब यहाँका गाउँलेको दैनिकी फेरिएको छ। बिहानै उठेर कुवामा पानी भर्न जाने स्थानीय जूना सिञ्जालीजस्तै धेरै महिला दिदीबहिनी, दाजुभाइले एक गाग्री पानीका लागि लामो समय तथा परिश्रम गर्नुपर्ने बाध्यता रहेको थियो।

'खानेपानीकै ठूलो समस्या थियो बस्तुभाउ र सिँचाइका लागि त कुरै छाडौँ', सिञ्जालीले भने,'अहिले गाउँका सबै घरमा खानेपानीको धारामार्फत निरन्तर पानी आउछ, धेरै राहत भएको छ।' गाउँमा खानेपानी समस्या भएपछि करिब ६ वर्षअघिदेखि योजनाको काम थालिएको वीरडाँडा-मैदान खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन रानाले बताए।

वीरडाँडा, मैदान, पल्ली गाउँ र रिपका गरी ६५ घरधुरीमा एक घर-एक धारा निर्माण गरी खानेपानी वितरण गरिएको अध्यक्ष रानाले बताए। मूलदेखि एकसय १७ मिटर ‘भर्टिकल’ उचाइमा विद्युत्मार्फत पानी तानेर पल्ली गाउँ तथा वीरडाँडामा निर्माण गरिएका ट्यांकीबाट घर-घरमा पानी पुर्‍याइएको हो।

images

'गाउँमा भएका कुँवाबाट पानी खानुपर्थ्यो, सफा हुँदैनथ्यो, त्यही पनि फागुनदेखि जेठसम्म पानी पुग्थेन', अध्यक्ष रानाले भने, 'मान्छेलाई खानसमेत पानी कहिले पाइन्थ्यो कहिले पाइन्नथ्यो, राति धेरै नसुतेरै पानीको जोहो गर्न जानुपर्थ्यो ।'

पशु चौपायालाई खोलामा लगेर पानी खुवाउनुपर्ने बाध्यता थियो। घर-घरमै मिटर जडान गरेर चाैबिसै घण्टा पानी वितरण गरिएको छ। न्यूनतम युनिटसम्म एकसय रूपैयाँ प्रतिघर उठाउने र न्यूनतमभन्दा माथि पानी प्रयोग गर्नेलाई प्रतियुनिट रु दशका दरले थप गर्दै लगिने अध्यक्ष रानाले बताए।

गण्डकी प्रदेश सरकारको ९१ लाख २० हजार रूपैयाँ, स्थानीय जनश्रमदान रु दश लाख १० हजार गरी कुल एक करोड एक लाख ३० हजार रूपैयाँमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए। रासस


प्रकाशित : शनिबार, वैशाख २३ २०८००६:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend