बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

पूर्व-पश्चिम रेलमार्ग : तत्कालै मुआब्जा उपलब्ध नहुने भए जग्गा फुकुवा गर्न ज्ञापनपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २२ २०८०
images
images
पूर्व-पश्चिम रेलमार्ग : तत्कालै मुआब्जा उपलब्ध नहुने भए जग्गा फुकुवा गर्न ज्ञापनपत्र

रेलमार्गमा परेको जग्गाको तत्कालै मुआब्जा उपलब्ध हुनुपर्ने नभए सम्पूर्ण जग्गा फुकुवा गरिनुपर्ने भन्दै रेलमार्ग प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समिति कोशी प्रदेशले ज्ञापनपत्र बुझाएको छ।

images
images

मोरङ- रेलमार्गमा परेको जग्गाको तत्कालै मुआब्जा उपलब्ध हुनुपर्ने नभए सम्पूर्ण जग्गा फुकुवा गरिनुपर्ने भन्दै रेलमार्ग प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समिति कोशी प्रदेशले ज्ञापनपत्र बुझाएको छ।

images
images
images

हालै सरकारले पूर्व-पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टा-इनरुवाअन्तर्गत लामो समयदेखि रोक्का रहेको जग्गा रेलमार्गले ओगट्नेबाहेक ‘डिमरकेशन’ बाहिरको जग्गा फुकुवा गर्ने निर्णय गरेको हुँदा रेलमार्ग प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समितिले सरकारले गरेको निर्णय सच्याउन माग गरेको हो।

images
images

मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा सुनिलकुमार शर्मालाई समितिले ज्ञापनपत्र हस्तान्तरण गरेको हो। 'विगत तीन वर्षदेखि पटकपटक वडा, नगर, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने काम गरियो तर हालसम्म कुनै सुनुवाइ भएन', समितिका बेलबारी अध्यक्ष चन्द्र लिम्बूले भने।

images
images
images

मुआब्जाका लागि बजेट नछुट्याएर तीन वर्षदेखि जनताको जग्गा रोक्का गरी बन्धक बनाइराखेको हुनाले वित्तीय कारोबारमा परेको समस्या सदनमा कुरा उठाइ दिन लिम्बूले आग्रह गरे।

रेलमार्गको जग्गाको मुआब्जा उपलब्ध साथै जग्गा फुकुवा सम्बन्धमा सदनमा कुरा उठाउँदै प्रभावित क्षेत्रका जनताको समस्या दीगो रुपमा समाधानका लागि सरकारसँग पहल गर्ने सांसद शर्माले बताए।

रेलमार्गअन्तर्गत मोरङको बेलबारी-९ मा रहेको नलबारी बजार पूर्ण रुपमा प्रभावित देखिएको छ। नलबारी चोकका करिब ५० घर रेलमार्गमा परेका छन्। नलबारी चोकका आफ्नै घरमा वर्षौदेखि व्यवसाय गर्दै आएका चक्र भण्डारी तीन वर्षदेखि जग्गा रोक्का भएका कारण बैंकमा धितो राख्न नपाएर समस्या भएको बताउँछन्। उनी भन्छन्, 'तुरुन्त मुआब्जा चाहियो, नभए जग्गा फुकुवा गरी दिनुपर्‍यो।'

पूर्व-पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टा-इनरुवा रेलमार्ग एक सय छ किलोमिटर रहेको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८०१३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend