आइतबार, वैशाख ३० गते २०८१    
images
images

बैंकहरुमा ब्याजदर घट्न थालेपछि सरकारले घटायो वैदेशिक रोजगार बचतपत्रको ब्याजदर

images
images
images
बैंकहरुमा ब्याजदर घट्न थालेपछि सरकारले घटायो वैदेशिक रोजगार बचतपत्रको ब्याजदर

सरकारले गत वर्ष असार र चैत गरी दुई पटक वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको थियो। उक्त समयमा १२ प्रतिशत ब्याजदर दिएको थियो। अब आउने बचतपत्रमा ११ प्रतिशत कायम हुनेछ। 

images
images

काठमाडौं- सरकारले वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि घटाएको छ। लगातार बैंकहरुमा निक्षेप बढेर अन्य ब्याजदर घटाएसँगै सरकारले वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि घटाएको हो।

images
images
images

सरकारले गत वर्ष असार र चैत गरी दुई पटक वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको थियो। उक्त समयमा १२ प्रतिशत ब्याजदर दिएको थियो। अब आउने बचतपत्रमा ११ प्रतिशत कायम हुनेछ। 

images

सरकारले पनि साढे १२ प्रतिशत ब्याजमा उठाएको वैदेशिक रोजगार बचतपत्र १.५ प्रतिशत बिन्दुले घटाएर ११ प्रतिशतमा झरेको हो। बैंकहरुले निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाउँदै एकल अंकमा ल्याएका छन्।

images

बैंक तथा वित्तीय संस्थामा तरलता अभावको समस्या जटिल बन्दै गएपछि ब्याजदर पनि उच्च हुँदै गएको थियो। बैंकहरुले निक्षेपका लागि करिब १३ प्रतिशतसम्म ब्याज दिएका थिए।

images
images

अहिले वित्तीय संस्थाहरुमा ५४ खर्ब ५९ अर्ब रूपैयाँ निक्षेप पुगेको छ भने ऋण प्रवाह घटिरहेको छ। ऋण प्रवाह अहिलेसम्म ४८ खर्ब ४२ अर्ब रूपैयाँ पुगेको छ। यता सीडी रेसीयो पनि घटेर ८५.२४ प्रतिशतमा झरेको छ। योसँगै बैंकहरुमा लगानीयोग्य रकम नै २ खर्ब ५० अर्ब पुगेको छ। 

बैंकहरुले बैशाखको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झारेका छन्। त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत कायम गरिएको छ। 

वैदेशिक रोजगार बचतपत्र भनेको के हो ?

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसि वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अबसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी तोकी नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अबधिको बचतपत्र 'वैदेशिक रोजगार बचतपत्र' हो।

यो बचतपत्रको अवधि ५ वर्षको हुन्छ।

images

प्रकाशित : शुक्रबार, वैशाख २२ २०८०१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend