काठमाडौं- कण्डम आयात रकम दोबरले बढेको छ। गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो ३ महिना साउनदेखि असोजसम्मको तुलनामा चालू आवको पहिलो ३ महिनामा कण्डम आयात दोब्बरले बढेको हो।
नेपालले ३ महिनामा २२ लाख पिस भन्दा बढी कण्डम आयात गरेको छ। चालू आवको ३ महिनामा नेपालले भारत तथा तेस्रो मुलुकबाट कुल ४ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको कण्डम आायत गरेको छ।
नेपालले ३ महिनामा २२ लाख २ हजार ५ सय १२ पिस कण्डम आयात गरेको हो। गत आर्थिक वर्षको ३ महिनामा भने नेपालले २ करोड १६ लाख रुपैयाँ बराबरको कण्डम आयात गरेको थियो।
नेपालले चीन, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, युएई र अमेरिकाबाट कण्डम आयात गर्दै आएको छ। चालू आवको ३ महिनामा सबै भन्दा बढी कण्डम भारतबाट १५ लाख ७८ हजार पिसभन्दा बढी आयात गरेको छ।
यसैगरी १२ हजार १ सय ८० पिस, कोरियाबाट २ लाख पिस, मलेसियाबाट ३ लाख ८ हजार १ सय ६० पिस, थाइल्याण्डबाट १ लाख ३ हजार ६ सय ८० पिस, युएईबाट ९ पिस र अमेरिकाबाट २ सय ८० पिस कण्डम आयात गरेको छ।