शनिबार, वैशाख २९ गते २०८१    
images
images

अर्थतन्त्रका सूचक सकारात्मक हुँदासमेत सेयर बजार घट्दो ट्रेण्डमा

विश्लेषक भन्छन्– बजारले बजेट र मौद्रिक नीतिमार्फत सुधार खोज्यो

images
images
images
अर्थतन्त्रका सूचक सकारात्मक हुँदासमेत सेयर बजार घट्दो ट्रेण्डमा

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। सेयर कारोबार लगातार निराशाजनक अवस्थामा देखिएको छ।

images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरू धमाधम ब्याजदर घटाउँदै छन्। बैंकको निक्षेप पनि बढ्दो ट्रेण्डमा रहेको छ। तर पनि सेयर बजार भने बढ्न सकेको छैन। ब्याजदर घट्दा धितोपत्र बजारमा त्यसको सकारात्मक प्रभाव पर्ने यसअघिका प्रक्षेपणहरू असफल भएका छन्।

images
images
images

अर्थतन्त्रमा पनि सुधार देखिँदै गएको छ। तर पनि सेयर बजार भने ओरालो नै लागिरहेको छ। बुधबार कारोबार रकम घटेर पाँच महिनायताकै कम कारोबार भयो। तर बिहीबार भने केही सुधार भएर यो साता बन्द भएको छ।

images

आइतबारबाट पनि सेयर बजारले सुधार लिने आकलन भने गर्न सकिँदैन। लगातार पाँच दिन घटेको बजार छैठौँ दिन दोहोरो अंकले बढेर बन्द भएको छ। बजारमा लगानीकर्ता सक्रिय भएसँगै बिहीबार नेप्से परिसूचक र कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको थियो।

images

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। सेयर कारोबार लगातार निराशाजनक अवस्थामा देखिएको छ। उचाइ लिने आशामा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले विश्वस्त देखिँदैनन्। कारोबार रकममा समेत गएको केही सातायता कमी देखिइरहेको छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

images
images

सेयर विश्लेषकहरूले अझै केही समय सेयर बजार अगाडि नजाने अनुमान गरिरहेका छन्। सेयर विश्लेषक छोटेलाल रौनियार ब्याजदर अझै तल्लो बिन्दुमा नआएको तथा राष्ट्र बैंकले नीति परिर्वतन नगर्दा सेयर बजारमा प्रभाव नदेखिएको बताउँछन्। ‘अहिलेको अर्थतन्त्रको सकारात्मक सुधारले बैशाखदेखि केही प्रभाव पर्ने देखिन्छ,’ रौनियारले भने। उनले अब आर्थिक वर्षको बजेट र मौद्रिक नीति पर्खेको समेत बताउँछन्। 

बजार निरन्तर ओरालो लागेर मनोबल खस्किएका लगानीकर्तामा उत्साह थप्न केही नीतिगत परिमार्जनको पर्खाइमा देखिन्छन्। नयाँ बजेट समेत आउने तयारीमा रहेकोले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन्। 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक शून्य दशमलव ६९ प्रतिशत अर्थात् १२ दशमलव ७३ अंक बढेर १ हजार ८६९ दशमलव ७३ बिन्दुमा पुगेको छ। यस दिन २७६ धितोपत्रको २५ लाख ३३ हजार ७१४ कित्ता २० हजार ६५५ पटकमा ७३ करोड २६ लाख बराबर कारोबार भएको छ। 

पछिल्लो केही दिनदेखि बजार ओरालो लाग्दै आएको थियो। पछिल्लो ३० कारोबार दिनमा नेप्से परिसूचक २९१ दशमलव ८४ अंक घटेको छ भने १९९ दशमलव ८१ अंक बढेको छ। पछिल्लो समय बजार विस्तारका लागि नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढेको छ भने नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा रहे पनि सेयर बजारप्रति लगानीकर्ताको सक्रियता भने घट्दै छ।  

बैशाखदेखि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाए तर कर्जाको ब्याजदर यथावत् हुनाले पनि सेयर बजार प्रभावित भएको देखिन्छ। बजार दिनहुँ घट्दै गर्दा लगानीकर्ता संघले अर्थमन्त्रीलाई भेटेर धितोपत्र बजारसम्बन्धी नीतिगत कुरा परिमार्जन गर्नुपर्ने माग गरेका छन्। यता नेप्सेले पनि सुधारका रणनीतिहरु सार्वजनिक गरिरहेको छ। तर सेयर बजार भने झनै ओरालो लागेको छ।

घट्दो बजारमा कारोबार रकमसमेत घटेको छ। साताको  बुधबार नेप्से परिसूचक शून्य दशमलव ४९ प्रतिशत अर्थात् ९ दशमलव १८ अंक घटेर १ हजार ८५७ दशमलव २३ बिन्दुमा ओर्लिएको थियो। यस दिन २६५ धितोपत्रको २१ लाख ५५ हजार ५८६ कित्ता १८ हजार ८७६ पटकमा  ६२ करोड २ लाख बराबर कारोबार भएको थियो।

images

प्रकाशित : शनिबार, वैशाख २३ २०८००२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend