बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

खर्च कटौतीमा निर्मम बन्न पूर्व अर्थमन्त्रीहरुको सुझाव

images
शुक्रबार, वैशाख २२ २०८०
images
images
खर्च कटौतीमा निर्मम बन्न पूर्व अर्थमन्त्रीहरुको सुझाव

पूर्व अर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझाव दिएका हुन्।

images
images

काठमाडौं- पूर्व अर्थमन्त्रीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई खर्च कटौतीमा निर्मम बन्न सुझाव दिएका छन्।

images
images
images

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि अर्थमन्त्री महतले पूर्व अर्थमन्त्रीहरुसँग गरेको छलफलमा उनीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझाव दिएका हुन्।

images
images

छलफलमा पूर्व अर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए। छलफलका क्रममा अर्थ मन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसकालागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे।

images
images
images

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफु लागि परेको जानकारी गराए। साथै उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए।

अर्थमन्त्री महतले अन्य पूर्व अर्थमन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरेका छन्।


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend