बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

हेलिकप्टर दुर्घटनामा घाइते एकको मृत्यु

images
शुक्रबार, वैशाख २२ २०८०
images
images
हेलिकप्टर दुर्घटनामा घाइते एकको मृत्यु

दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

images
images

खाँदबारी- सङ्खुवासभाको भोटखोला-४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।

images
images
images

दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

images
images

हेलिकप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताए। आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका-४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ।

images
images
images

मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए। दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend