बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

चीनबाट माग बढेपछि कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २२ २०८०
images
images
चीनबाट माग बढेपछि कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई

म्याग्दी कारागारमा रहेका कैदीबन्दीले समय बिताउनका लागि मुढा बनाउँदै आएका छन्।

images
images

म्याग्दी- जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ। चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ। म्याग्दी कारागारका चौकीदार वसन्त रोकाले पहिलो चरणमा आठ सय २० वटा मुढा चीन पठाइएको जानकारी दिए।

images
images
images

'एक महिनाअघि एक हजार छ सयवटा मुढाको माग आएको थियो', उनले भने, 'आठ सय २० वटा पठाइसक्यौँ। बाँकी मुढा बनाउन व्यस्त छौँ।' कारागारमा रहेका कैदीबन्दीले समय बिताउनका लागि मुढा बनाउँदै आएका छन्।

images
images

प्रतिगोटा मुढा चारसय ५० का दरले कारागारबाटै बिक्री भएको हो। खुद्रा प्रतिगोटा पाँच सय रूपैयाँका दरले बेच्ने गरेका छन्। बाँस र पलास्टिकको रसी किनेर बुढा बनाउने गरेका छन्। कारागार प्रशासनले समन्वय गरेर मुढा बुन्न आवश्यक पर्ने बाँस र पलास्टिकको रसी व्यवस्थापन गरेको कारागारका प्रहरी प्रमुख क्षेत्रबहादुर बरुवालले बताए।

images
images
images

बेनी नगरपालिका-२ खबरामा रहेको कारागारमा ८० पुरुष र तीन महिला कैदीबन्दी छन्। यो कारागार सात महिलासहित ३२ जना क्षमताको हो। कारागारमा भएका ६० जनाले मुढा बुन्ने गरेका चौकीदार रोकाले बताए। यसअघि मुढाले बजार नपाउँदा बुन्न छाडेका थिए। 

एक मुढा बुन्न बढीमा दुईदिन लाग्ने गरेको छ। छिटो बुन्नेले एकै दिनमा पनि तयार पार्छन्। ग्राहकको मागअनुसार आकार र डिजाइनको मुढा बनाउने गर्छन्। मुढा व्यापारी सन्तोष अधिकारीले रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन भएपछि चीनबाट मुढाको माग आएको बताए।

'म्याग्दीका साथै बागलुङ, भीमफेदी र पूर्वी नेपालका कारागारका कैदीबन्दीले बुनेका मुढा संकलन गरेर चीन पठाउन थालिएको छ', उनले भने, 'कैदीबन्दीले तयार पारेपछि थप मुढा पठाउने तयारी छ।' उनका अनुसार चीनमा खेतबारीमा गोडमेल गर्न, सडक सफा गर्ने र बस्नका लागि मुढाको प्रयोग हुन्छ।

बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ। चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट माग धेरै आउने गरेको छ। चिनियाँले चाडपर्वको समयमा  पाहुनालाई मुढा तथा हस्तकलाका सामग्री उपहार दिने चलन छ।

निर्यात रोकिँदा र आन्तरिक बजार नहुँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्काएर राख्नुपरेको थियो। निर्यात खुलेपछि चीनबाट माग आउन थालेपछि कैदीबन्दी उत्साहित भएका छन्। कारागारमा उद्योग तथा पर्यटन कार्यालयलगायत विभिन्न निकाय र संघसंस्थाले कैदीबन्दीलाई मुढा बुन्ने सीपमूलक तालिम दिएका थिए। रासस


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend