आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

स्थानीयलाई आयआर्जनसँग जोड्न नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २२ २०८०
images
स्थानीयलाई आयआर्जनसँग जोड्न नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

दुर्गम गाउँका नागरिकलाई स्थानीय सरकारले प्रत्यक्ष आयआर्जनसँग जोड्न ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम ल्याएको हो। नर्जाखानीको वडा कार्यालयले चालु आर्थिक वर्षमा नौ लाखको योजना कार्यान्वयनमा लगेको हो।

images
images

गलकोट- बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ।

images
images
images

स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ। वडाका सबै घरमा टनेलमार्फत तरकारी खेती उत्पादन भएमा दुर्गम स्थानका नागरिकको जीवनस्तर वृद्धि गर्नेगरी तमानखोला गाउँपालिका-६ कार्यालयले यस्तो योजना कार्यान्वयन गरेको हो।

images
images

एक घर एक टनेलमार्फत उत्पादन भएको तरकारीले घरमा उपभोग भई बाँकी तरकारी संकलन गरी बजार पठाउन सकिने योजनासाथ गाउँपालिका-६ नर्जाखानीको वडा कार्यालयले चालु आर्थिक वर्षमा नौ लाखको योजना कार्यान्वयनमा लगेको हो।

images
images

दुर्गम गाउँका नागरिकलाई स्थानीय सरकारले प्रत्यक्ष आयआर्जनसँग जोड्न आवश्यक ठानेर  यो कार्यक्रम ल्याएको तमानखोला गाउँपालिका-६ का वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिए।

'यहाँका नागरिकको आर्थिक जीवनस्तर उकास्न आवश्यक छ, त्यसैले वडाध्यक्षमा निर्वाचित भएको पहिलो वर्ष नै ठूलो बजेट कृषिमा लगानी गरिएको छ, अहिले नौ लाख बजेटबाट टनेल स्थापना गर्न ८५ प्रतिशत अनुदानमा दुईसय घरमा टनेल स्थापना गर्ने योजना हो, हालसम्म एकसय ६० टनेल वितरण गरिसकेका छौँ', वडाध्यक्ष छन्त्यालले भने।

दुर्गम गाउँमा व्यावसायिक तरकारी उत्पादनप्रति स्थानीयवासीको चासो नदेखिएको र थोरै परिणाममा तरकारी उत्पादन गर्दा बजारीकरणको समेत समस्या हुने भएकाले वडाका सबै घरमा टनेल स्थापना गर्न थालिएको हो।

चार हजार आठसय रूपैयाँ लागतको प्लास्टिक अनुदानमा लैजान स्थानीयवासीले ६ सय वडा कार्यालयमा बुझाउनुपर्नेछ। स्थानीयवासीको १५ प्रतिशत साझेदारीमा टनेल स्थापनाका लागि प्लास्टिक वितरण गर्दा स्थानीयलाई अपनत्व हुने वडा कार्यालयको बुझाइ छ।

अबको केही महिनाभित्रै वडाका दुई सय घरमा टनेल स्थापना भइसक्नेछन्। जम्मा दुईसय घरधुरी रहेको वडामा सबै नागरिकका घरमा टनेल स्थापना भइसक्दा नर्जाखानी तरकारीमा आत्मनिर्भर मात्रै नभएर तरकारी निर्यात गर्न सकिने वडाका रुपमा परिचित हुनेछ।

चिसोका कारण खुल्ला जग्गामा काउली, बन्दा, सिमी तथा टमाटर लगायतका अत्यावश्यक तरकारी खेती राम्रो नहुने भएकाले सबै घरमा टनेल स्थापना गर्ने वडा कार्यालयले योजना बनाएर अगाडि बढेको हो। वडा कार्यालयले तरकारी उत्पादनका लागि आवश्यक प्लास्टिक वितरण गर्दा स्थानीय सरकारको आभाष भएको स्थानीय जसदेवी छन्त्यालले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००९:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend