शुक्रबार, असोज १२ गते २०८०    

तलब बढाउने तर विनियोजन न्यून गर्दा थप निकासा माग हुँदै, नियमित शीर्षकबाटै रकमान्तर गर्न कोलिनिकाहरूलाई परिपत्र 

images
तलब बढाउने तर विनियोजन न्यून गर्दा थप निकासा माग हुँदै, नियमित शीर्षकबाटै रकमान्तर गर्न कोलिनिकाहरूलाई परिपत्र 

यो व्यवस्थासँगै अब थप तलबका लागि अर्थबाट अनुमति लिन नपर्ने भएको छ। 

images

काठमाडौं- तलब तथा योगदानमा आधारित सामाजिक सुरक्षाका लागि भुक्तानी गर्न बजेट अपुग भएपछि विभिन्न निकायले धमाधम थप निकासा मागिरहेका छन्। 

images

मन्त्रालय तथा सरकारी नियकाहरूले तलब भत्ताकै लागि थप बजेट माग गर्दै अर्थमन्त्रालयमा रकमान्तरका लागि ताकेता गर्न थालेपछि महालेखा नियन्त्रकको कार्यालयले सहजीकरण गरिदिएको छ। 

images

चालु आर्थिक वर्षको बजेट विनियोजन गर्दा गम्भीर हेलचेक्र्याइँ गर्दाको परिणाम अहिले समस्या देखिएको हो।

images

बजेटअघि नै बजेट प्रणालीमा विनियोजन लक हुने तर बजेटसँगै तलब बढ्ने भएकाले यस्तो समस्या देखिएको हो। बजेटअघिको तलब तथा संख्याको आधारमा विनियोजन भएको तर तलब बढेपछि तलब माग भइरहेको छ। 

images

महालेखा नियन्त्रकको कार्यालयले थप बजेटका लागि अर्थमा माग गर्न नपर्ने व्यवस्था गरिदिएको छ। सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयहरूले सम्बन्धित निकायको बजेटबाट तलब सुविधा शीर्षकमा रकमान्तर गर्नसक्ने व्यवस्था गरिदिएको छ। 

यो व्यवस्थासँगै अब थप तलबका लागि अर्थबाट अनुमति लिन नपर्ने भएको छ। 

चालु वर्षको बजेटमा कर्मचारीको पारिश्रमिक तथा सुविधाका लागि १ खर्ब ८८ अर्ब बजेट विनियोजन गरिएको छ। तर यो रकम अपुग भइरहेको छ। रकम अपुग हुँदा कतिपय ठाउँमा प्रहरीकै तलब अनियमित भएको छ।

images

प्रकाशित : शुक्रबार, वैशाख २२ २०८०१२:४३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ