बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

मर्जरमा गएका वाणिज्य बैंकमध्ये जगेडा कोषमा नबिल अगाडि, अन्य कुनको कति?

शनिबार, वैशाख २३ २०८०
मर्जरमा गएका वाणिज्य बैंकमध्ये जगेडा कोषमा नबिल अगाडि, अन्य कुनको कति?

राष्ट्र बैंकको पछिल्लो नीति अनुसार एकवर्षकै बीचमा १२ वटा बैंक मर्ज भएर ६ वटामा झरेका छन्। लगानीकर्ताले समेत जगेडा कोषमा कति रकम छ भन्ने सूचक हेरेर लगानी गर्दै आएका छन्। 

काठमाडौं- पछिल्लो समय मर्जरमा गएका वाणिज्य बैंकहरु अब्बल बन्ने प्रतिस्पर्धामा छन्। राष्ट्र बैंकको पछिल्लो नीति अनुसार एकवर्षकै बीचमा १२ बैंक मर्ज भएर ६ वटामा झरेका छन्। लगानीकर्ताले समेत जगेडा कोषमा कति रकम छ भन्ने सूचक हेरेर लगानी गर्दै आएका छन्। 

नबिल र बंगलादेश बैंक मिलेर नबिल बैंक बनेको छ। त्यस्तै बैंक अफ काठमाण्डु र ग्लोबल आईएमई बैंक मर्ज भएर ग्लोबल आईएमई बैंक बनेको छ। सिभिल र हिमालयन बैंक मिलेर हिमायलन बैंक, एनसीसी र कुमारी बैंक मिलेर कुमारी बैंक, प्रभु र सेञ्चुरी बैंक मिलेर प्रभु र इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मिलेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ।

बैंक कति बलियो छ भन्ने कुरा जगेडा कोष सञ्चिति (रिजर्भ) लाई हेर्ने गरिन्छ। मर्जरमा गएपछि बैंकहरुको रिजर्भ पनि बलियो हुँदै गएको छ। कुनै पनि कम्पनीको जगेडा कोष बलियो हुनु भनेको जोखिम वहन क्षमता मजबुत हुनु हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जगेडा कोष खडा गरिएको हुन्छ। यो कोषले कम्पनीको प्रतिकूल अवस्थाको सामना गर्ने क्षमतालाई बुझाउँछ। यो कोषको आकार जति ठूलो हुन्छ, त्यति नै कम्पनीहरू सबल भएको मानिन्छ।

मर्जरमा गएपछि सबैभन्दा बढी नबिल बैंकले आफ्नो जगेडा कोषमा बलियो रहेको छ। बैंकको २७ अर्ब ३४ करोडभन्दा सञ्चित गरेको छ। त्यस्तै दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जगेडामा २२ अर्ब ८२ करोडभन्दा बढी सञ्चिति गरेको छ।

तेस्रोमा ग्लोबल आईएमई बैंकको २० अर्ब २ करोड रहेको छ। हिमालयन बैंकको १२ अर्ब १५ करोड, कुमारी बैंकको १० अर्ब ५६ करोड र प्रभु बैंकको १० अर्ब ८ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : शनिबार, वैशाख २३ २०८००९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend