मंगलबार, असोज १ गते २०८१    
images
images

भेरी करिडोरको जाजरकोट खण्डको अनुगमनमा पूर्वअर्थमन्त्री

images
शुक्रबार, वैशाख २२ २०८०
images
images
भेरी करिडोरको जाजरकोट खण्डको अनुगमनमा पूर्वअर्थमन्त्री
तस्बिर : रासस

पूर्वअर्थमन्त्री जनार्दन शर्माले भेरी नगरपालिका-४, पासागाडमा नौ वर्षदेखि अलपत्र परेको पुल निर्माणस्थलको अनुगमन गरेका छन्।

images
images

काठमाडौं- पूर्वअर्थमन्त्री जनार्दन शर्माले भेरी करिडोरको जाजरकोट खण्डको अनुगमन गरेका छन्। 

images
images
images

उनलाई शुभचिन्तक तथा कार्यक्रर्ताद्वारा काफल र केराले स्वागत गरे। नेकपा माओवादी केन्द्रका नेता शर्माले भेरी नगरपालिका-४, पासागाडमा नौ वर्षदेखि अलपत्र परेको पुल निर्माणस्थलको समेत अनुगमन गरेका छन्।

सडक विभाग र निर्माण कम्पनीको लापरबाहीका कारण अझैसम्म पुल बन्न नसक्दा त्यहाँका बासिन्दा समस्यामा छन्।हिउँदयाममा यातायातका साधन सञ्चालन आए पनि वर्षायाममा सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ।

भेरी करिडोरअन्तर्गत आधा दर्जन पुल अलपत्र छन्। क्याराभान कन्स्ट्रक्सनले ठेक्का लिएका जाजरकोट-डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन्। सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी बोलपत्र गरिएको थियो। ठेक्का लिएको एक वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन।

images

नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, तात्रगाड, झुम्रेखोला र नलगाडमा क्याराभान कम्पनी निर्माण जिम्मा लिए पनि काम गरेको छैन। जाजरकोट, डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीको पुल क्याराभान कन्स्ट्रक्सनले लिएर ठेक्का बिक्री गरेको छ। दुई वर्षसम्म ठेक्का होल्ड गरेर उक्त कम्पनीले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको हो।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले खोलेको १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले १४ करोड १७ लाख रुपैयाँमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको थियो। सडक डिभिजन चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौंबाटै खोलिएका यी ठेक्का अहिले वर्ष दिनदेखि अलपत्र परेका छन्।

पुलको निर्माणको डिजाइन स्टिमेट मन्त्रालयमा गत असोजदेखि थन्किएको छ। क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीले पुल निर्माणको लागत अनुमानसम्बन्धी प्रतिवेदन (डिजाइन स्टिमेट) स्वीकृत गर्न पुल महाशाखालाई ताकेता गर्दा पनि सुनुवाइ नभएको आरोप लगाए। अहिले भेरी नदीका केही ठाउँमा कम भार बहन क्षमताका बेलिब्रज पुल निर्माण गरेर यातायातका साधन सञ्चालन भइरहेका छन्। 

त्यस्तै जाजरकोटको तल्लु बगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर विसं २०७९ माघ २६ मा वाइपीएमआर जेभी चितवनले ठेक्का पाएको थियो। सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन स्टिमेटको काम भइरहेको जनाइएको छ।

यसको अनुगमन तथा मूल्यांकन सुर्खेतस्थित पुल विभागले हेर्दै आएको छ। ६ महिनाभित्र डिजाइन गरिसकेर पुलको भौतिकतर्फको काम सुरु गर्नुपर्ने बताइएको छ। डोल्पाको छलगाडमा समेत पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको छ।

भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पाको मरिमसम्म दुईसय ३१ दशमलव पाँच किलोमिटर लम्बाइ रहेको छ। भेरी करिडोरको जम्मा लम्बाई तीन सय १० किलोमिटर छ। अहिले पासागाड-रिम्ना हुँदै तल्लु बगरसम्म कालोपत्रको काम सुरु भएको सडक डिभिजन चौरजहारीले जनाएको छ। यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा बर्सेनि सास्ती हुँदै आएको छ।


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend