मंगलबार, असोज १ गते २०८१    
images
images

तार व्यवस्थापनमा बालेनलाई सकस, भन्छन् - कानून बनाउन आग्रह गरेको धेरै भयो तर सुनुवाइ भएन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २२ २०८०
images
images
तार व्यवस्थापनमा बालेनलाई सकस, भन्छन् - कानून बनाउन आग्रह गरेको धेरै भयो तर सुनुवाइ भएन

पोलहरुमा जेलिएका अव्यवस्थित तारले सहर कुरुप बनाइरहेको छ। आगलागीको जोखिम पनि बढाइरहेको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' ले सहरी क्षेत्रका अव्यवस्थित तार हटाउने महानगरको प्रयासमा अवरोध भइरहेको बताएका छन्।

images
images
images

पोलहरुमा जेलिएका अव्यवस्थित तारले सहर कुरुप बनाइरहेको छ। त्यसमा हजाराैँ मिम बनेका छन्, ट्रोल भएका छन्। पर्यटक समेत ध्यान खिच्ने यस्ता तारका जालोले आगलागीको जोखिम पनि बढाइरहेको बालेन बताउँछन्।

यसलाई व्यवस्थित बनाउनका लागि कानून निर्माण गर्न आग्रह गरिए पनि यसबारे बेवास्ता गरिएको उनले बताए।

'गत वर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ। यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानून बनाउन आग्रह गरेको धेरै भइसकेको थियो', उनले भने, 'त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ। तर त्यसको विपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो।'

images

समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसकिने उनी बताउँछन्। आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर रहेको उनले बताए।

'सहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ। यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुगेमा हामी खेद प्रकट गर्छौँ', उनले भने।


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend