शनिबार, साउन १२ गते २०८१    
images
images
images

राष्ट्रपति भण्डारीको भ्रमण : मुक्तिनाथदेखि ढोरपाटनसम्म [तस्बिरहरू]

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक १३ २०७८
images
images
राष्ट्रपति भण्डारीको भ्रमण : मुक्तिनाथदेखि ढोरपाटनसम्म [तस्बिरहरू]

राष्ट्रपति भण्डारीले ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरिन्। नेपाली सेनाको हेलिकप्टरमार्फत नै दिउँसो पौने १ बजे ढोरपाटन पुगेकी उनले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन्। 

images

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार मुक्तिनात मन्दिरमा पूजाअर्चनासँगै ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छिन्। 

images
images

मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी शनिबार काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर मुक्तिनाथ पुगेकी हुन्। राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा (एमाले) का नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए। 

images
president bhandari mustang (6).jpg

त्यसलगत्तै राष्ट्रपति भण्डारीले ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरिन्। नेपाली सेनाको हेलिकप्टरमार्फत नै दिउँसो पौने १ बजे ढोरपाटन पुगेकी उनले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन्। 

निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुती दिएका थिए। 

images

राष्ट्रपति भण्डारीले आरक्षमा रहेका सङ्ग्रहालयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गर्नुभएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी आरक्ष क्षेत्रमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।

president bhandari mustang (2).jpg

ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो। सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ। सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ। एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ। 

पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ। राष्ट्रपतिको भ्रमणले ढोरपाटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ। रासस

president bhandari mustang (3).jpg
president bhandari mustang (4).jpg
president bhandari mustang (5).jpg
president bhandari mustang (7).jpg


प्रकाशित : शनिबार, कात्तिक १३ २०७८०९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend