मंगलबार, असोज १ गते २०८१    
images
images

अझै भेटिएनन् हिमपहिरोमा बेपत्ता फुपू-भदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
images
images
अझै भेटिएनन् हिमपहिरोमा बेपत्ता फुपू-भदै

खोजी जारी राखिए पनि माैसम प्रतिकूल हुँदा बेपत्ता दुई जना अझै भेटिएका छैनन्।

images
images

महेन्द्रनगर- दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ।

images
images
images

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा परी हराएकामध्ये तीन जनाको शव भेटिए पनि बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको बताए।

'बुधबार तीन वटा शव भेटिएको क्षेत्रतिर बिहानदेखि असईको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ', उनले भने, 'यहाँ रहेका तीन वटा शव आजै परीक्षणका लागि सदरमुकाम खलङ्गा लैजाने विषयमा समन्वय भएको छ।'

हाल हिमपहिरोमा बेपत्ता ईश्वरी र क्षिमीसोमो नाताले फुपू-भदै छन्। उनीहरु एक साताअघि मात्रै यार्सागुम्बा संकलनका लागि छाङरु पुगेको सशस्त्र प्रहरीले जनाएको छ।

images

बुधबार सुरक्षाकर्मीको टोलीले दार्चुला दुहँ गाउँपालिका-४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर र डोटीको बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव भेट्याएको थियो।

यसअघि सशस्त्र प्रहरीको टोलीले यार्सागुम्बा टिप्न गएका सात जनाको उद्धार गरेको थियो। 'आज पनि खोजीमा टोली खटिए पनि मौसम अनुकूल भइसकेको छैन', भट्टले भने, 'घटनापछि यार्सा संकलक सुरक्षित स्थानतर्फ झरेका छन्।' यहाँ रहेका वर्ष दार्चुलालगायतका जिल्लाबाट यार्सा संकलनका लागि आउने गरेका छन्। रासस 


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend