बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

तोलामै १२ सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बिहीबार , वैशाख २१ २०८०
images
images
तोलामै १२ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुईसय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बिहीबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। बुधबार तोलामा १८ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला १२ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुईसय ५० रूपैयाँ कायम छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रूपैयाँ कायम थियो। 

images
images

चाँदीको मूल्य पनि आज प्रतितोला २० रूपैयाँले बढेको छ। चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार चार सय ४५ रूपैयाँ कायम छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय २५ रूपैयाँ कायम थियो।

images
images
images


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend