शुक्रबार, असोज ४ गते २०८१    
images
images

दार्चुलामा हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलंगा ल्याइँदै, दुई जना अझै बेपत्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
images
images
दार्चुलामा हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलंगा ल्याइँदै, दुई जना अझै बेपत्ता

हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन्। खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ।

images
images

खलंगा- दार्चुलाको व्यास गाउँपालिका-१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलंगा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।

images
images
images

मंगलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए। कमला र प्रविण आमा छोरा हुन्।

'पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलंगा पठाउन सकिने अवस्था छैन', उनले भने। भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टले बताए। 'भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ', उनले भने। सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ।

हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन्। 'वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतिक्षामा छौँ', डिएसपी भट्टले भने, 'झण्डै फाँच फिट जती हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ।' सशस्त्र प्रहरी बलको टोलीले मंगलबारदेखि बेपत्ताको खोजी गर्दैआएको छ। खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ।

images

मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए। दाउरा खोज्न गएका संकलकको भने ज्यान जोगिएको थियो। उनीहरु सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो। हाल सो क्षेत्रमा यार्सागुम्बा संकलकलाई जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ। सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा संकलनका लागि गएका थिए। जेठ अन्तिम सातासम्म बर्सेनी यार्सागुम्बा संकलन गरिन्छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००५:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend