आइतबार, वैशाख १६ गते २०८१    
images
images

 ६ जना सचिव सरुवा, को कहाँ?

images
images
images
 ६ जना सचिव सरुवा, को कहाँ?

सरकारले ६ जना सचिव सरुवा गरेको छ। मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रालयका सचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ।

images
images

काठमाडौं- सरकारले ६ जना सचिव सरुवा गरेको छ। मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रालयका सचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ।

images
images
images

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका सचिव अर्जुन पोखरेललाई अर्थ  मन्त्रालयमा सरुवा गरिएको छ।

images

बुधबार मात्रै पकाउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेदलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ। पाण्डेको सचिव पद निलम्बन भइसकेको छ।

images

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा रहेका सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै व्यवस्थापन गरिएको छ भने राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।

images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने महिला मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।

images

प्रकाशित : बुधबार, वैशाख २० २०८००१:४०

प्रतिक्रिया दिनुहोस