शुक्रबार, असोज ४ गते २०८१    
images
images

अर्थसचिवमा अर्जुनप्रसाद पोखरेल 

images
बुधबार, वैशाख २० २०८०
images
images
अर्थसचिवमा अर्जुनप्रसाद पोखरेल 

नेपाली कांग्रेसका नेता प्रकाशसरण महत अर्थमन्त्री भएपछि मधु मरासिनी पनि अर्थसचिवका प्रतिस्पर्धीमा थिए। 

images
images

काठमाडौं- अर्थ मन्त्रालयको सचिवमा अर्जुन पोखरेल आएका छन्। 

images
images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका पोखरेललाई अर्थ मन्त्रालयको सचिवका रुपमा ल्याइएको हो। 

अर्थ मन्त्रालय निकट स्रोतका अनुसार भोलि बिहान १० बजे तोयम रायाको बिदाइ तथा नयाँ सचिव पोखरेलको स्वागत गर्ने कार्यक्रम तय भएको छ। 

पोखरेलले यसअघि  भन्सार तथा कर कार्यालयमा बसेर काम गरेको थिए। त्यसपछि अर्थ मन्त्रालयकै प्रशासन महाशाखामा रहेर काम गरेका पोखरेल सचिव भएपछि भने उद्योग वाणिज्य तथा आपूर्ति, संघीय मामिला मन्त्रालयमा बसेर काम गरेका थिए। 

images

नेपाली कांग्रेसका नेता प्रकाशशरण महत अर्थमन्त्री भएपछि मधु मरासिनी पनि अर्थसचिवका प्रतिस्पर्धी थिए। 

महत अर्थमन्त्री भएपछि उनले बैकुण्ठ अर्याललाई सचिव बनाएर ल्याउन चाहेका थिए। तर बैकुण्ठलाई अर्थसचिव बनाउन प्रधानमन्त्रीदेखि नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा सकारात्मक नभएपछि बिकल्पमा केबल भण्डरीलाई ल्याउनका लागि महतले इच्छा व्यक्त गरेका थिए। 

तर महतको चासो अनुसार केबललाई पनि ल्याउन प्रधानमन्त्रीदेखि राणासम्म सकारात्मक भएनन्। तुलनात्मक रुपमा अनुभवी र ज्ञान भएका भण्डारीलाई अर्थसचिवका रुपमा ल्याउन महतले खोजेपनि सफल भएनन्। 

दोस्रो प्रयासमा अन्तत: पोखरेलले बाजि मारेका छन्।यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा मधु मरासिनी अर्थसचिवबाट बाहिरिएपछि अर्थ जानका लागि तयार भएपनि उनलाई उछिनेर कृष्णहरि पुष्करले बाजि मारेका थिए। 


प्रकाशित : बुधबार, वैशाख २० २०८०१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend