आइतबार, वैशाख १६ गते २०८१    
images
images

बझाङमा यार्सा संकलनमा हिँडेका एकको निधन, एक बेपत्ता

images
बिजनेस न्युज
images
images
बझाङमा यार्सा संकलनमा हिँडेका एकको निधन, एक बेपत्ता
फाइल तस्बिर।
images
images

बझाङ- बझाङमा यार्सागुम्बा संकलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन्।

images
images
images

सुर्मा गाउँपालिका-४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मंगलबार यार्चागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

images

उनका अनुसार बोहरा यार्सागुम्बा संकलन गर्न चुफी वनतिर गएका थिए।

images

मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन्। उनको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए। रासस

images
images

images

प्रकाशित : बुधबार, वैशाख २० २०८०१२:४६
प्रतिक्रिया दिनुहोस