बिहीबार , वैशाख १३ गते २०८१    
images
images

ग्राउन्ड ह्यान्डलिङ शुल्क कार्यान्वयन नगरेपछि निगम अध्यक्ष अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

'एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने? ३ दिनभित्र जवाफ चाहियो'

images
images
images
ग्राउन्ड ह्यान्डलिङ शुल्क कार्यान्वयन नगरेपछि निगम अध्यक्ष अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार ग्राउन्ड ह्यान्डलिङ शुल्कको विषयमा निगमले मनपरी गरेको भन्दै के कारण नियमावलीअनुसार काम नभएको हो भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको हो।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पुन: एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको छ।

images
images
images

प्राधिकरणले गरेको निर्णय तथा नीतिगत व्यवस्था र मन्त्रिपरिषद्‌बाट निर्णय भएको विषय समेत कार्यान्वयन नगरेको भन्दै ३ विषयमा ३ दिनभित्र निगम कार्यकारी अध्यक्ष अधिकारीलाई आफै उपस्थित भएर जवाफ दिन निर्देशन गरेको हो।

images

प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार ग्राउन्ड ह्यान्डलिङ शुल्कको विषयमा निगमले मनपरी गरेको भन्दै के कारण नियमावलीअनुसार काम नभएको हो भन्दै स्पष्टीकरण सोधेको हो।
 
प्राधिकरणले निमगलाई नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत भएको नियमावलीको नीतिगत व्यवस्था हालसम्म कार्यान्वयन नगर्नुको कारण के हो? भन्दै जवाफ मागेको छ। यसैगरी नेपालको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणको महानिर्देशकले भूमिस्थ सेवा प्रदायक निकायले अनिवार्य लागु गर्नुपर्ने गरी स्वीकृत गरेको प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्क २०२२ बमोजिमको संशोधित ग्राउण्ड ह्याण्डलिङ शुल्क र सो शुल्कमा ५० प्रतिशत छुट दिई नयाँ सञ्चालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई आकर्षित गर्न गरिएको प्रयासमा समयमै कार्यान्वयन नहुँदा वायुसेवा कम्पनी तथा विमानस्थलहरुले व्यहोरेको क्षतिको जिम्मेवारी निगमले लिनुपर्ने वा नपर्ने? के हो भनेर स्पष्टीकरण सोधेको छ। 

images

यसैगरी प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा नेपाल वायुसेवा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति तपाईँलाई निगमको एकाउन्टेबल म्यानेजर पदबाट किन नहटाउने? भनेर समेत जवाफ मागेको छ।

images
images

प्राधिकरणले सोधेको स्पष्टीकरण पत्रको विवरण

प्रस्तुत विषयमा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७८|१२|३० मा स्वीकृत भई मिति २०७२।०२।१४ गतेबाट कार्यान्वयनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम (५) को उपनियम (७) मा भएको “विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा उपलब्ध गराउनको लागि अनुमति प्राप्त संस्थाले संकलन गर्ने भूमिस्थ प्रबन्ध सेवा शुल्क प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ” भन्ने कानुनी व्यवस्था बमोजिम तहाँ वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई कर्मशियल ग्राउण्ड ह्याण्डलिङ् सेवा उपलब्ध गराए बापत संकलन गर्न पाउने संशोधित सेवा शुल्क सम्बन्धि व्यवस्था Civil Aviation Authority of Nepal, Ground Handling Service Charges - 2022 प्राधिकरणबाट मिति २०७९।०५।०७ मा स्वीकृत भई सोही अनुसार २०७९।०७१ १५ गते तदनुसार 01 November 2022 बाट लागु गर्न मिति २०७९।०५।०८ गते प.सं. २०७८ ०७९ च.नं. ६२ बमोजिम निगमलाई पत्राचार भई सकेको। सोही विषयमा प्राधिकरणले पुनः मिति २०७९।१२।१७ गते प.सं. २०७९/८० च.नं. ३१२ बमोजिम संशोधित ग्राउण्ड ह्याण्डलिङ् सेवा शुल्क तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ संशोधित सेवा शुल्क बमोजिम हुन आउने शुल्कमा ५० प्रतिशत छुट दिने प्राधिकरणको निर्णय यथाशिघ्र कार्यान्वयन गर्न निगमलाई पत्राचार गरेकोमा हालसम्म पनि भूमिस्थ प्रबन्ध सेवा सम्बन्धि प्राधिकरणको नीतिगत निर्णय कार्यान्वयन नगर्नु / नगराउनुको कारण सहित ३ (तीन) दिन भित्र देहाय बमोजिमको बुँदाहरुमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८०।०१।२० गतेको निर्णयानुसार अनुरोध गरिन्छ ।
देहाय
१. नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत भएको नियमावलीको नीतिगत व्यवस्था हालसम्म कार्यान्वयन नगर्नुको कारण के हो?
२. नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकले भूमिस्थ सेवा प्रदायक निकायले अनिवार्य लागु गर्नुपर्ने गरी स्वीकृत गरेको Civil Aviation Authority of Nepal, Ground Handling Service Charges-2022 बमोजिमको संशोधित ग्राउण्ड ह्याण्डलिङ् शुल्क र सो शुल्कमा ५० प्रतिशत छुट दिई नयाँ संचालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई आकर्षित गर्न गरिएको प्रयासमा समयमै कार्यान्वयन नहुँदा वायुसेवा कम्पनी तथा विमानस्थलहरुले व्यहोरेको क्षतिको जिम्मेवारी निगमले लिनुपर्ने वा नपर्ने ? ३. नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा नेपाल वायुसेवा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति तपाईलाई निगमको Accountable Manager बाट किन नहटाउने?'

images

प्रकाशित : बुधबार, वैशाख २० २०८०११:०७

प्रतिक्रिया दिनुहोस