आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

सचिव टेकनारायण पाण्डेलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

images
बिजनेस न्युज
images
images
सचिव टेकनारायण पाण्डेलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न अन्यलाई पनि प्रहरीले खोजी गरिरहेको छ। 

images
images

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

images
images
images

पक्राउ पुर्जी जारी भएपछि आफै जिल्ला प्रहरी परिसर टेकु पुगेका गृह मन्त्रालयका पूर्वसचिवसमेत रहेका पाण्डेलाई लगत्तै प्रहरीले अदालत उपस्थित गराएको थियो। अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

images

यसै प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप पनि तानिएका छन्। उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। शरणार्थी प्रकरणमा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो।

images

प्रहरीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्‍लाहकार डा. इन्द्रजित राईलाई पनि यसै प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरेको थियो। अहिलेसम्म यस प्रकरणमा संलग्न सातजना पक्राउ परिसकेका छन्।  

images
images

राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिएका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न अन्यलाई पनि प्रहरीले खोजी गरिरहेको छ। 

उक्त प्रकरणमा यसअघि प्रहरीले अन्य पाँच जनालाई पक्राउ गरिसकेको छ। यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

images

प्रकाशित : बुधबार, वैशाख २० २०८०१०:४९
प्रतिक्रिया दिनुहोस