शुक्रबार, असोज ४ गते २०८१    
images
images

अर्थतन्त्र सुधारका लागि पनि विद्युतीय सवारीको प्रयोग बढाउनुपर्छ : ऊर्जामन्त्री

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक १३ २०७८
images
images
अर्थतन्त्र सुधारका लागि पनि विद्युतीय सवारीको प्रयोग बढाउनुपर्छ : ऊर्जामन्त्री

विद्युतीय सवारी साधन र्‍यालीको शुभारम्भ गर्दै उनले विद्युतीय सवारी साधन सस्तो हुने र त्यसका लागि आवश्यक विद्युत मुलुकभित्रै पर्याप्त मात्रामा रहेको बताइन्।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छिन्।

images
images
images

मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरणसहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि सबैले विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने बताइन्। 

शनिबार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन र्‍यालीको शुभारम्भ गर्दै उनले विद्युतीय सवारी साधन सस्तो हुने र त्यसका लागि आवश्यक विद्युत मुलुकभित्रै पर्याप्त मात्रामा रहेको बताइन्।

मन्त्री भुसालले पेट्रोलियम पदार्थको खरिदबाट मुलुकमा व्यापार घाटा हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युतबाट चल्ने सवारी साधनको प्रयोग आवश्यक रहेको स्मरण गराइन्।

images

‘विद्युतमा हामी आत्मनिर्भर भएका छौँ। र देशको सबै क्षेत्रमा चाहे घरायसी होस, चाहे उद्योग र यातायात क्षेत्रका लागि होस्। त्यसलाई दिने ऊर्जा हामीसँग छ। दोस्रो हाम्रो ठूलो व्यापार घाटा आयातित पेट्रोलियम पदार्थको कारणले भएको छ। २ खर्बभन्दा बढी पेट्रोलियम पदार्थको आयात हुन्छ। ४० अर्बभन्दा बढी एलपी ग्यास आयात हुन्छ। यसलाई विस्थापित गर्न सक्ने भनेको विद्युतीय ऊर्जा हो। त्यसैले यो असन्तुलित व्यापार घाटालाई कम गर्न र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउन सबैले विद्युतीय सवारी साधनको प्रयोग गरौँ' उनले भनिन्।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न ढिलाई गर्न नहुने बताए। उनले विद्युतीय सवारी साधान संचालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनहरुको व्यवस्था हुने बताए।

र्‍यालीमा मुलुकलाई आत्मनिर्भर बनाउन, स्वच्छ वातावरणको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन विद्युतीय सवारी साधन संचालन गर्न उपयुक्त हुने खालको सन्देशसहितको प्लेकार्डहरु प्रर्दशन गरिएका थिए। 


प्रकाशित : शनिबार, कात्तिक १३ २०७८०७:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend