बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो
सांकेतिक तस्बिर।

डढेलोबाट साना बिरुवा, पातपतिङ्गर एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन्।

images
images

गुल्मी- गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष बैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ। 

images
images
images

डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन्। ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिइन्। डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन्। 

images
images

सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताइन्।

images
images
images

डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ। धुर्कोट गाउँपालिका-३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ।

वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २० २०८००५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend