शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

२०२२ मा सर्वाधिक बिक्री भएका १० कार मोडल, विद्युतीयले पनि लियो स्थान

images
बिहीबार , वैशाख २१ २०८०
images
२०२२ मा सर्वाधिक बिक्री भएका १० कार मोडल, विद्युतीयले पनि लियो स्थान

टोयोटा कोरोला १९६४ देखि हालसम्म हरेक वर्ष १० लाखभन्दा धेरै बिक्री हुँदै आएको छ। हालसम्म टोयोटा कोरोला ५ करोडवटा भन्दा बढी बिक्री भइसकेको छ।

images
images

काठमाडौं- संसारभर कारको बिक्री बढिरहेको छ। दर्जनौँ कम्पनीहरूले सयौँ मोडलका कार बिक्री गर्दै आएका छन्।

images
images
images

संसारको सबैभन्दा धेरै बिक्री हुने कारबारे धेरैलाई चासो हुन्छ। २०२२ मा विश्वभर सबैभन्दा धेरै बिक्री हुने कार टोयोटाको कोरोला बनेको छ। टोयोटा कोरोला केही वर्षयता सर्वाधिक बिक्री हुने कारका रुपमा रहँदै आएको छ। २०२२ मा टोयोटा कोरोला संसारभर ११ लाख २० हजार वटा बिक्री भएको छ। 

images
images

टोयोटा समग्रमा पनि २०२२ मा सर्वाधिक कार बिक्री गर्ने कम्पनी बनको छ। २०२२ मा बिक्री भएका कार मोडलमा धेरै बिक्री हुने १० मोडलको सूचीमा टोयोटाका ४ कार रहेका छन्। 

images
images

टोयोटा कोरोला १९६४ देखि हालसम्म हरेक वर्ष १० लाखभन्दा धेरै बिक्री हुँदै आएको छ। हालसम्म टोयोटा कोरोला ५ करोडवटा भन्दा बढी बिक्री भइसकेको छ। टोयोटा कोरोला संसारका १ सय ५० भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। विगतमा नेपालमा पनि बिक्री भइरहेको टोयोटा कोरोला सेडान कार अहिले भने काम नहुँदा आयात भएको छैन। तर कोरोला क्रस एसयूभी नेपाल भित्रिएको छ। 

दोस्रो धेरै बिक्री हुने कार मोडलमा टोयोटाकै राभफार एसयूभी रहेको छ। यो कार २०२२ मा विश्वभर ८ लाख ७० हजारवटा बिक्री भएको थियो। तेस्रो धेरै धेरै बिक्री हुनेमा फोर्डको एफ-सिरिज पिकअप छ, जुन ७ लाख ८७ हजार वटा बिकेको थियो। 

चौथो स्थानमा विद्युतीय कार आइपुगेको छ। टेस्लाको मोडल वाई २०२२ मा संसारभर ७ लाख ८६ हजार वटा बिक्री भएको तथ्यांक छ। पाँचौँ स्थानमा रहेको टोयोटा क्याम्री ६ लाख ७५ हजार वटा बिक्री हुँदा छैठौँ स्थानमा रहेको होन्डा सीआरभी ६ लाख वटा बिक्री भएको थियो। 

त्यसैगरि सातौँ स्थानमा पनि टेस्लाकै विद्युतीय कार आइपुगेको छ। २०२२ मा टेस्लाको मोडल थ्री कार संसारभर ५ लाख ९० हजार वटा बिक्री भएको थियो। आठौँ धेरै बिक्री हुने कारमा सेब्रोलेको सिल्भाराडो हो जुन ५ लाख ९० हजारवटा बिक्री हुँदै नवौँ स्थानमा रहेको टोयोटा हाइलक्स ५ लाख ६४ हजार वटा बिक्री भएको थियो। 

दशौँ धेरै बिक्री हुने कारमा कोरियाली कम्पनी हुन्डाईको कार आइपुगेको छ। हुन्डाईको टुसान एसयूभी २०२२ मा ५ लाख ६४ हजार वटा बिक्री भएको थियो। 

संसारभर धेरै बिक्री हुने १० कारमध्ये नेपालमा सेब्रोले र एफ सिरिजको पिकअपबाहेक सबै कार नेपाली बजारमा उपलब्ध रहेका छन्। 

१० सर्वाधिक कार बिक्री गर्ने कम्पनी

२०२२ मा विश्वको सर्वाधिक कार बिक्री गर्ने कम्पनी टोयोटा बनेको थियो। जापानी कार उत्पादक कम्पनी टोयोटाले २०२२ मा १ करोड ४ लाख ८० हजारवटा कार विश्वभर बिक्री गरेको थियो। दोस्रो स्थानमा रहेको जर्मन सवारी उत्पादक फक्सवागन अटो ग्रुपले २०२२ मा ८३ लाख कार बिक्री गरेको थियो। 

त्यस्तै तेस्रो स्थानमा रहेको दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटर्सले ६८ लाख ४८ हजारभन्दा बढी कार विश्वभर बिक्री गरेको थियो। हुन्डाईलाई पछ्याएको रेनो-निसान अलायन्सले ६३ लाख ९० हजार, पाँचौँ स्थानमा रहेको स्टेलेन्टिसले ६३ लाख ४० हजार, छैठौँ स्थानमा रहेको जनरल मोटर्स ५८ लाख ४० हजार, सातौँ धेरै कार बिक्री गर्नेमा जापानी कम्पनी होन्डा मोटर रहेको छ। होन्डाले २०२२ मा विश्वभर ३७ लाख ४० हजार कार बिक्री गरेको थियो। 

आठौँ स्थानमा रहेको अमेरिकी कम्पनी फोर्ड मोटरले ३७ लाख ७० हजार कार बिक्री गर्दा नवौँ स्थानमा रहेको सुजुकी मोटरले २८ लाख ९० हजार कार बिक्री गरेको थियो भने १०औँ धेरै कार बिक्री गर्ने कम्पनीमा बीएमडब्लू ग्रुप रहेको छ। बीएमडब्लू ग्रुपले २०२२ मा विश्वभर २३ लाख ३० हजार कार बिक्री गरेको तथ्यांक छ। 


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend