सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

२ अर्ब ८ करोड लगानीमा व्यवसायी सन्दीप गाडियाले चिनी उद्योग खोल्दै

२ चिनी उद्योगमा सवा ४ अर्बभन्दा बढी लगानी प्रतिवद्धता

images
images
images
२ अर्ब ८ करोड लगानीमा व्यवसायी सन्दीप गाडियाले चिनी उद्योग खोल्दै
images
images

काठमाडौं- व्यवसायी सन्दीप गाडियाले चिनी उद्योग खोल्ने भएका छन्। गाडियाले पर्सा बहुदरमाई गाउँपालिका वडा नम्बर ४ मा चिनी उद्योग स्थापना गर्नेगरी उद्योग दर्ता गराएका छन्।

images
images
images

गाडियाले शिवशक्ति सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालि उद्योग विभागमा दर्ता गराएका हुन्। उद्योगमा २ अर्ब ८ करोड रुपैयाँ लगानी हुने दर्ता विवरणमा उल्लेख छ।

images

उद्योगले वार्षिक ३७ हजार ८ सय मेट्रिक टन चिनी, मोलासेस १८ हजार ९ सय मेट्रिक टन, ५४ हजार मेट्रिक टन बेगास्से र २ करोड ५२ लाख किलोवाट बिजुली उत्पादन गर्ने दर्ता विवरणमा उल्लेख छ। उद्योगमा सत प्रतिशत नै नेपाली लगानी रहने र २ सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।

images

यसैगरी माघमा पनि वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्यसहित विजय श्री सुगर मिल्स प्रालि विभागमा दर्ता भएको थियो। उद्योगले वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैगरी उद्योगले १८ हजार ७ सय ५० मेट्रिक टन मोलासेस (गुड) उत्पादन गर्ने समेत दर्ता विवरणमा उल्लेख छ।

images
images

उद्योगमा ३ सय ५० जनाले रोजगारी पाउने विवरणमा उल्लेख छ। उद्योगमा २ अर्ब २० करोडको लगानी रहने गरी दर्ता भएको थियो।

सम्रगमा चालु आवमा चिनी उद्योगा ४ अर्ब २८ करोडको  लगानी प्रतिवद्धता आएको छ। उखु उत्पादन गर्ने किसानलाई सयममै चिनी उद्योगले रकम भुक्तानी नगरिरहेका बेला नयाँ चिनी उत्पादन उद्योग खुल्ने भएको छ। 

images

प्रकाशित : बुधबार, वैशाख २० २०८०१२:४०

प्रतिक्रिया दिनुहोस