काठमाडौं- सोलुखुम्बुमा वाइन उद्योग खुल्ने भएको छ। सोलुखुम्बु दुधकुण्ड नगरपालिकामा वाइन उद्योग खुल्न लागेको हो।
वाइन उत्पादन उद्योग स्थापनाका लागि खुम्बु वाईनरी प्रालि उद्योग विभागमा दर्ता भएको छ। ८ करोड २८ लाख २७ हजार रुपैयाँको लगानीमा वाइन उद्योग खुल्न लागेको हो।
वार्षिक २ सय केएल फलफूलमा आधारित वाइन र फलफूलमै आधारित १ सय ५० केएल साएडर उत्पादन गर्ने लक्ष्यसहित उद्योग दर्ता भएको छ।
सतप्रतिशत नेपाली लगानी रहने उद्योगमा २२ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।