शुक्रबार, असोज ४ गते २०८१    
images
images

डाक्टरको ओपीडी शुल्क बढ्यो, अनुभवअनुसार कस्ता डाक्टरसँगको चेकअपमा कति तिर्ने?

images
सोमबार, वैशाख १८ २०८०
images
images
डाक्टरको ओपीडी शुल्क बढ्यो, अनुभवअनुसार कस्ता डाक्टरसँगको चेकअपमा कति तिर्ने?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहमतिमा नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको छ।

images
images

काठमाडौं- नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको छ।

images
images
images

बढेको शुल्क जेठ १ गतेबाट लागु गरिने भएको छ। जेठ १ गतेदेखि लागु हुनेगरी ओपीडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० रूपैयाँसम्म शुल्क लिन पाउने गरी निर्णय भएको चिकित्सक संघ  र अफिनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

नयाँ शुल्कअनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ४२०, ५ वर्षभन्दा माथिकाले ५१५ रुपैयाँ ओपीडी शुल्क लिन पाउने छन्। एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५९० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपैयाँ शुल्क लिन पाउने छन्।

यसैगरी एमडी/एमएस र एमडीएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ७५० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपैयाँ लिन पाउने भएका छन्। डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ८८० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ९४० रुपैयाँ लिन पाउने भएका छन्।

images

यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडी/एमएस र एमडीएस डाक्टरले ९४०रुपैयाँ शुल्क लिन पाउने  छन्।

निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिएका मेडिकल अफिसरको हकमा भने न्यूनतम तलब ४२ हजार रुपैयाँ कायम गराउने पनि विज्ञप्तिमा उल्लेख छ।

यसअघि चिकित्सकहरुको शुल्क २०७७ फागुनमा बढाइएको थियो ।

 
doctor.jpg


प्रकाशित : सोमबार, वैशाख १८ २०८०१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend