मंगलबार, असोज १ गते २०८१    
images
images

तातोपानी नाका दुईतर्फी सञ्चालनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १८ २०८०
images
images
तातोपानी नाका दुईतर्फी सञ्चालनमा

नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए।

images
images

सिन्धुपाल्चोक- तातोपानी नाका आज सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो। 

images
images
images

सोमबार बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो।

यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुरु भएको छ।

images

सिन्धुपाल्चोक-१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो पुनः सुरु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने जानकारी दिए। रासस


प्रकाशित : सोमबार, वैशाख १८ २०८००९:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend