शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

तीन वर्षपछि नाडा अटो शो हुने निश्चित, तय भयो मिति र स्थान

विद्युतीय सवारीसहित इच्छुकलाई सहभागी गराइने

images
सोमबार, वैशाख १८ २०८०
images
तीन वर्षपछि नाडा अटो शो हुने निश्चित, तय भयो मिति र स्थान

यो वर्षको नाडा अटो शो २०२३ आगामी भदौ २६ गतेदेखि असोज १ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हरेक वर्ष गर्दै आएको सवारीसाधनको प्रदर्शनी कोरोना महामारीयता हुन सकेको थिएन। २०१९ पछि नाडा अटो शो २०२३ मा हुन लागेको हो। 

images
images
images

यो वर्षको नाडा अटो शो २०२३ आगामी भदौ २६ गतेदेखि असोज १ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ। नाडाले अटो शोको तयारीका लागि आवश्यक काम सुरु गरिसकेको छ। अटो शोका लागि भृकुटीमण्डपको मैदान बुक गरिसकेको छ भने तयारी बारे अध्ययन गरेर प्रतिवेदन बुझाउन अटो शो संयोजक अनुपकुमार बराललाई जिम्मा दिइएको नाडाले जनाएको छ। 

images
images

गत वर्ष सरकारले पेट्रोलियम सवारीको आयातमा प्रतिबन्ध लगाएका कारण नाडाले विद्युतीय सवारीमात्रै प्रदर्शनी गरेको थियो। पहिलो नाडा ईभी एक्सपोमा ८ वटा ब्रान्डका चार पांग्रे विद्युतीय सवारी र १५ वटा दुई पांग्रे विद्युतीय सवारी प्रदर्शमीमा राखिएको थियो। गत वर्ष असोज ६ गतेदेखि सुरु भएको ‘नाडा ईभी एक्सपो २०२२’ ६ दिनसम्म चलेको थियो।  

images
images

अटो शोको नियमित संस्करणमा नेपालमा उपलब्ध सबैजसो ब्रान्ड समेट्ने तयारी नाडाले गरेको छ। विद्युतीय सवारी र पेट्रोलियम सवारीको अलग अलग पेविलियन बनाएर प्रदर्शनी गर्ने योजना अनुसार काम सरु भएको नाडाको भनाइ छ।

नाडाले २०२२ मा पनि अटो एक्सपो गर्ने बताएको थियो। ७ भदौ २०७९ देखि गर्ने तय भएको थियो। तर सरकारले लगाएको आयात प्रतिबन्ध नहटाएपछि व्यवसायीहरुले अटो शो नै स्थगित गरेका थिए। 

अटो शोमा अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ कम्पनीहरुका विज्ञ एवं जानकारहरुसँगको छलफल तथा अन्तक्रियासमेत समेटिने नाडाले जनाएको छ। 

अटो शोको नयाँ संस्करणमा नाडाले नेपालमा उपलब्ध भएका र एक्सपोमा सहभागी हुन इच्छुक सबै ब्रान्डलाई समेट्न भएको छ। त्यसका लागि नाडाले भृकुटीमण्डपको हलका साथै पार्किङ तथा गार्डेनमा समेत प्रदर्शनी कक्ष बनाउने योजना बनाएको छ। पार्किङको व्यवस्था भने टुंडिखेल वा खुलामञ्चमा गर्ने तयारी छ। यसका लागि सरोकारवालासँग छलफल सुरु भइसकेको छ। टुंडिखेल वा खुलामञ्चमा पार्किङ गराएर त्यहाँबाट सटल बस सञ्चालन गरेर आगन्तुकहरुलाई प्रदर्शनी कक्षसम्म ल्याउने व्यवस्था मिलाइने छ। 

प्यासेन्जर कारसहित कमर्सियल सवारी र विद्युतीय कार र स्कुटरको अलग अलग पेभिलियन बनाएर अवलोकनकर्ताहरुलाई सहज रुपमा गाडी हेर्ने र जिज्ञासा मेटाउने प्रयाय गरिने नाडाले जनाएको छ।  


प्रकाशित : सोमबार, वैशाख १८ २०८००७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend