बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बीमामा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १८ २०८०
images
images
वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बीमामा

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनले असहाय रोगीको उपचारका लागि आर्थिक सहयोग गर्दै आएका छन्।

images
images

चितवन- चितवनको इच्छाकामना गाउँपालिका-४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो भत्ता रकम विपन्न परिवारको बीमा वापतमा लगाउने भएका छन्। उनले वडाध्यक्षलाई उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्चसमेत लिएका छैनन्। 
 
उनले भने, 'मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ, उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बीमा गर्दै छु, वडाको सवारी साधन प्रयोग गरेको छैन, म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन।' 

images
images
images

यस्तै वडा नम्बर ४ ले वृद्धभत्ता घर-घरमै पुगेर वितरण गर्दै आएको छ। उनले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको बिल भर्पाईसमेत कार्यालयमा पेस नगरेको बताए। वडाध्यक्ष उप्रेतीले भने, 'हामीले घर-घरमा पुगेर वृद्धभत्ता वितरण गरेका छौँ, सोबापत हुने खर्चसमेत कार्यालयमा पेस गरेका छैनौँ, ग्लोबल आइएमई बैंकले टोलटोलमा कर्मचारी खटाएर वृद्धभत्ता वितरण गर्न हामीलाई सहयोग गरेको छ।'
 
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनले असहाय रोगीको उपचारका लागि आर्थिक सहयोग गर्दै आएका छन्। साथै उनले शिक्षा, खेलकुदलगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएका छन्। 

images
images

आफूले आगामी दिनमा पनि वडाध्यक्षबापत पाउने सेवा सुविधा नलिने बताए। 'मैले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा सहयोग गर्दै आएको हुँ म आगामी दिनमा पनि सेवा सुविधा लिने छैन, नसक्ने अवस्था भए अर्को कुरा, म सकेको दिन्छु, लिन आएको होइन', वडाध्यक्ष उप्रेतीले भने। रासस

images
images
images


प्रकाशित : सोमबार, वैशाख १८ २०८००५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend