बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सरकारको साथ खोज्दै सामुदायिक प्राकृतिक चिकित्सालय

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
images
images
सरकारको साथ खोज्दै सामुदायिक प्राकृतिक चिकित्सालय

प्राकृतिक चिकित्सालयमा सेवा लिन देशका ७७ जिल्लाबाट मात्रै नभइ भारत, क्यानडा, अमेरिका, फ्रान्स , वेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, न्यूजिल्याण्ड, जापान, नर्वे, इजरायललगायतका देशबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन्।

images
images

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा अवस्थित नेपालकै पहिलो सामुदायिक प्राकृतिक चिकित्सालयमा हालसम्म ४० हजारभन्दा बढीले सेवा लिइसकेका छन्। प्राकृतिक उपचारमार्फत् स्वदेशी र विदेशी बिरामीलाई सेवा दिँदै आएको चिकित्सालयले थप विकास र सेवा बिस्तारमा भने यतिबेला केन्द्र सरकारको साथ खोजेको छ।

images
images
images

व्यवस्थापक हरि सापकोटा चिकित्सालयले सीमित स्रोत, साधन र जनशक्तिबाट पनि न्यूनतम शुल्कमै हालसम्म सेवा दिन सकेको भए पनि यसलाई दीर्घकालसम्म टिकाइराख्नका लागि केन्द्र सरकारको सहयोग आवश्यक रहेको बताए।

images
images

'प्राकृतिक चिकित्सालयको विकासका लागि केन्द्र सरकारले नीतिगत तहबाटै निर्णय गरी आवश्यक बजेट विनियोजन गरिदिने हो भने विपन्न नागरिकलाई पनि सहुलियत दरमै उपचार गराउन सकिन्थ्यो', उनले भने, 'यसका लागि सरकारले ध्यान दिनु आवश्यक छ।'

images
images
images

विसं २०६४ मा महायज्ञमार्फत संकलित रकमबाट स्थापना गरिएको प्राकृतिक चिकित्सालयमा सेवा लिन देशका ७७ जिल्लाबाट मात्रै नभइ भारत, क्यानडा, अमेरिका, फ्रान्स, वेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, न्यूजिल्याण्ड, जापान, नर्वे, इजरायललगायतका देशबाट उपचारका लागि बिरामी आउने गरेका छन्।

'चिकित्सालय गैर नाफामूलक संस्था हो, आर्थिकरुपमा विपन्न, द्वन्द्वपीडित, एकलमहिला, विकलांगसमेतले उपचारमा पहुँच राख्न सक्ने गरी यसको परिकल्पना गरिएका छौँ', व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर क्षेत्रीले बताए। यसका लागि सरकारले नै नीतिगत तहबाटै सम्बोधन आवश्यक रहेको उनको भनाइ छ। तत्कालीन समयमा ५२ शय्याबाट सुरु गरिएको संस्थामा हाल तीन सय शय्याको क्षमता छ।

'अन्य उपचार पद्धतिबाट निको नभएका बिरामीले पनि यहाँ उपचारपछि पुनःजीवन पाएका उदाहरण छन्', उनले भने, 'सर्जरी बाहेकका रोग निको पार्न सकिने प्राकृतिक चिकित्सालाई दिगोरूपमा टिकाउन सरकारले नीतिगत सहजताका साथै बजेट विनियोजन गर्नुपर्छ।'

छिमेकी मुलुक भारतका २२ प्रान्तमा नेचुरोपेथी मेडिकल कलेज र व्यवस्थित अस्पताल सञ्चालनमा भएको भन्दै उहाँले यस चिकित्सालयलाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने अवधारण अघि सारिएको उनले बताए। 'अहिलेको आवश्यकता प्राकृतिक चिकित्सा र योग अस्पतालको विकास हो', उनले भने, 'यसका लागि सरकारको साथ चाहिन्छ।'

चिकित्सालयमा बिरामीका लागि उपचार, आवास र खाना गरी दैनिक एक हजार एकसय रूपैयाँ शुल्क तोकिएको छ। कुल ५० जना जनशक्ति रहेको चिकित्सालयमा मासिक १५ लाख रूपैयाँ खर्च रहेको व्यवस्थापक सापकोटाको भनाइ छ।

प्राकृतिक चिकित्सा उपचार विधिले शरीरमा नकारात्मक असर नपर्ने चिकित्सालयका निर्देशक डा.विनोद पौडेलले बताए। 'मानव शरीर पञ्चतत्वले बनेको हुन्छ। प्राकृतिक चिकित्सा र योगले नै शरीरलाई स्वस्थ र सवल राख्न सक्छ', उनले भने, 'आहार नै औषधि र औषधि नै आहार यसको मूल सिद्धान्त हो।' 

प्राकृतिक चिकित्सा र योगमा प्रतिरक्षात्मक, उपचारात्मक र निधानात्मक तीन वटै आयाममा उपचार गरिने र यसले जटिल, दीर्घ रोग हुने बाटो नै बन्द गर्ने डा. पौडेलको भनाइ छ। निकट भविष्यमा नै निम्न, मध्यम र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने केन्द्र बनाउने योजना रहेको उनले सुनाए। चिकित्सालयलाई शिक्षण अस्पताल र विश्वविद्यालयका रुपमा विकास गर्दै ज्येष्ठ नागरिक आरोग्य आश्रम र देशैभर जीवनशैली सुधार प्राकृतिक चिकित्सा र योगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याउने योजना रहेको उनको भनाइ छ।

चिकित्सालयमा आकाश चिकित्सा, वायु चिकित्सा, सूर्यकिरण चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, योग चिकित्सा, जडीबुटी चिकित्सा, आहार चिकित्सा, मनोचिकित्सा, मर्म चिकित्सा, मालिस चिकित्सा, गौमूत्र चिकित्सालगायतका विधिबाट उपचार गराइन्छ। चिकित्सालयमा कोरोनाको महामारीको समयमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमितलाई सेवा दिइएको थियो। रासस


प्रकाशित : आइतबार, वैशाख १७ २०८०११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend