बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

एक दशकमा पनि बनेन टेकुको पुल

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
images
images
एक दशकमा पनि बनेन टेकुको पुल

टेकुको विष्णुमति नदीमा निर्माणाधीन पुल आर्थिक वर्ष २०५९/६० मा सुरु भए पनि हालसम्म सम्पन्न भएको छैन। पुल निर्माणमा त्रुटि रहेकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्नुपर्ने डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ।

images
images

काठमाडौं- एउटा पुल बन्न कति समय लाग्छ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ। नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र आधुनिक प्रविधिको पुल भए तीन चार वर्षसम्म लाग्ने देखिएको छ।

images
images
images

तर काठमाडौंमा एउटा यस्तो पुल छ, जसको निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्यो तर निर्माण सकिएको छैन। टेकुको विष्णुमति नदीमा निर्माणाधीन पुल आर्थिक वर्ष २०५९/६० मा सुरु भए पनि हालसम्म सम्पन्न भएको छैन।

images
images

पुल निर्माणमा त्रुटि रहेकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्नुपर्ने डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ। कम गुणस्तरको पुल भएकाले अहिले त्यहाँ यातायात आवागमन रोकिएको डिभिजनका सूचना अधिकारी सुनिता केसीले बताइन्।

images
images
images

पुल निर्माण अघि बढिरहँदा नै डिभिजन र निर्माण कम्पनीबीच विवाद भएको थियो। डिभिजनले कम गुणस्तरको भएकाले निर्माण अघि नबढाउन भनेको भए पनि कम्पनीले त्यो नमानेको सूचना अधिकारी केसीले बताइन्। उनले भनिन्, 'डिभिजनले रोक्न भन्दाभन्दै कम्पनी काम सकाउन लागेको थियो।' 

कम गुणस्तरको निर्माण भएको र पहिले डिजाइनमा उल्लेख भएअनुसार (स्पेसिफिकेसन) अनुसार नभएकाले तीन वर्ष पहिले निर्माण कम्पनीसँगको ठेक्का तोडिएको डिभिजनले जनाएको छ।

डिभिजन कार्यालयले ठेक्का तोडेर कम्पनीलाई कालोसूचीमा पठाएपछि कम्पनी अदालतमा गएको थियो। मुद्दा विचाराधीन हुँदा थप कारबाही गर्न नसकिएकाले अहिले पुल बन्द गरी राख्नुपरेको सूचना अधिकारी केसीको भनाइ छ। उनले भनिन्, 'पुलसम्बन्धी मुद्दाको निर्णय आएपछि त्यहीअनुसार अघि बढाइनेछ।'

कम्पनीले आफ्नोतर्फबाट निर्माण सकेपछि यातायात सञ्चालन गर्न चाहेको भए पनि कम गुणस्तरको बनेकाले नदिइएको डिभिजनले जनाएको छ। अहिले मुद्दा विचाराधीन भएकाले खोल्न नमिल्ने उनले बताइन्। पुलको माथिको बीचको भाग भत्काउनुपर्ने कार्यालयको भनाइ छ। पहिले निर्माण कम्पनीले रोक्नभन्दा नमानेर बनाएको संरचना स्वीकार गर्ने किसिमको नभएको उनले बताइन्।

पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको हो। उक्त कम्पनीले टेकु र तीनकुनेमा रहेका दुई वटै पुल निर्माणको जिम्मा पाएको थियो। दुई वटै पुलमा गुणस्तरीय काम नगरेको भन्दै  ठेक्का तोडिएको थियो। तीनकुनेमा रहेको पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको भए पनि यो पुलको मुद्दा अदालतमा रहेकाले लामो समयसम्म पुल अलपत्र अवस्थामा छ। रासस


प्रकाशित : आइतबार, वैशाख १७ २०८००९:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend