बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

पहिरोले अरुण नदी थुनियो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
images
images
पहिरोले अरुण नदी थुनियो

पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ।

images
images

किमाथांका- संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ। मकालु गाउँपालिका-३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो।

images
images
images

अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए।

images
images

'टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो', गोदारले भने। अरुण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ। अस्थायी बाँध निर्माण गरी टनेलमार्फत नदी बग्दै आएको थियो।

images
images
images

टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ। पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ। सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ। नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ।

पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १७ २०८००८:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend