शनिबार, वैशाख १५ गते २०८१    
images
images

सेगवेको विद्युतीय स्कुटरमा पूर्वपश्चिम यात्रा : चार्जिङ खर्च ६५० रुपैयाँमात्र

images
images
images
सेगवेको विद्युतीय स्कुटरमा पूर्वपश्चिम यात्रा : चार्जिङ खर्च ६५० रुपैयाँमात्र

सेगवे विद्युतीय स्कुटर ई१०० यात्रा अवधि भरि एक भरपर्दो र प्रभावशाली साथी साबित भएको छ।

images
images

काठमाडौं- सेगवे विद्युतीय स्कुटर ई-१०० मार्फत धीरेनमान श्रेष्ठले इतिहास रच्दै पूर्वपश्चिम काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको यात्रा गरेका छन्।

images
images
images

दुईवटा  ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे विद्युतीय स्कुटरले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो। यो यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ। 

images

६ रात ७ दिनको यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए। उनले सम्पूर्ण यात्राको दौरान चार्जिङमा ६५० रुपैयाँ मात्रै खर्चिएका थिए।

images

यस किफायती र कम लागतको विद्युतीय स्कुटरको यात्राले आगामी दिनहरुमा वातावरणमैत्री यातायात साधनका विकल्पहरूको प्रवर्द्धन गरेको छ र इन्धनको माग घटाउन प्रोत्शाहन दिएको छ। सेगवे विद्युतीय स्कुटर ई१०० यात्रा अवधि भरि एक भरपर्दो र प्रभावशाली साथी साबित भएको छ।

images
images

यात्रा आवाधीभर सेगवे ई१०० को कार्य क्षमताको सफलता पूर्वक उचित परीक्षण गरिएको थियो, जस अन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ-रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको थियो। सेगवे विद्युतीय स्कूटर इ १००  ले यी परीक्षणहरू मार्फत सहजै विभिन्न भू-भाग र परिस्थितिहरूमा यसको प्रभावशालिता र निर्भरता प्रदर्शन गरेको छ। 

सेगवे ई १०० प्रति घण्टा ६० किमी उच्च गति र उत्कृष्ट सुरक्षा सुविधाहरू भएको विद्युतीय स्कुटर हो। यसमा डुअल डिस्क ब्रेक, टिकाउ सस्पेन्सन प्रणाली र एलईडी डिस्प्ले जस्ता उन्नत सुविधाहरू छन्।

स्कुटरको आरामदायी सिट र फराकिलो कार्गो बक्सले सवार र सामान ढुवानी गर्ने दुवैलाई सुरक्षित सवारी प्रदान गर्ने सेगवे ई १०० नेपाली बजारमा उपलब्ध छ। आई हब प्रा लिमिटेड नेपालमा सेगवेको लागि आधिकारिक वितरक हो। 

आफ्ना रोमाञ्चक उत्पादनहरूको नयाँ विमोचनसँगै, सेगवेले आफ्नो साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरूका साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने लक्ष्य राखेको छ।

images

प्रकाशित : आइतबार, वैशाख १७ २०८००८:०५

प्रतिक्रिया दिनुहोस