शनिबार, साउन १२ गते २०८१    
images
images
images

६ महिनामा सवा १२ लाखले गरे आन्तरिक हवाई यात्रा, कुन एयरलाइन्सको बजार हिस्सा कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
images
images
६ महिनामा सवा १२ लाखले गरे आन्तरिक हवाई यात्रा, कुन एयरलाइन्सको बजार हिस्सा कति?

सन् २०२१ को जनवरीदेखि जुनसम्ममा सवा १२ लाख भन्दा बढीले यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको तथ्यांक अनुसार ६ महिनाको अवधिमा मात्रै १२ लाख २६ हजार ५ सय ९४ जनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई आधार बनाएर हवाई यात्रा गरेका छन्।

images

काठमाडौं- सन् २०२१ को जनवरीदेखि जुनसम्ममा सवा १२ लाख भन्दा बढीले यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको तथ्यांक अनुसार ६ महिनाको अवधिमा मात्रै १२ लाख २६ हजार ५ सय ९४ जनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई आधार बनाएर हवाई यात्रा गरेका छन्।

images
images

तर, यो बीचमा झण्डै २ महिना आन्तरिक उडान बन्द भएको थियो। वैशाख २१ गतेबाट बन्द भएको आन्तरिक उडान असार १७ गतेबाट खुलेको थियो। अहिले भने आन्तरिक उडान सामान्य जस्तै भएको छ।

images

विमानस्थल कार्यालयका अनुसार सन् २०२१ को ६ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३० हजार ७ सय ३६ वटा उडान तथा अवतरण भएको छ।

बुद्ध एयरलाइन्सको बजार हिस्सा बढ्दै

images

आन्तरिक उडानमा बुद्ध एयरलाइन्सले बजार हिसा बढाउँदै गएको छ। बुद्ध एयरलाइन्सको बजार हिस्सा सम्रगमा ५३ दशमलब ६५ पुगेको छ। तर, हेलिकोप्टरको बाहेक हेर्न हो भने बुद्ध एयरलाइन्सको बजार हिस्सा ५८ प्रतिशतको भन्दा बढी भइसकेको छ।

६ महिनाकै अवधिमा बुद्ध एयरले मात्रै १२ हजार ४ वटा उडान/अवतरण मार्फत ६ लाख ५८ हजार १ सय ५ जना यात्रुलाई हवाई सेवा दिएको छ। अहिले बुद्ध एयरसँग १५ वटा जहाज छन्।

बुद्ध एयरले अहिले काठमाडौंबाट धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा, पोखरा, चितवन, जनकपुर, राजविराज, विराटनगर, सिमरा, भद्रपुर र तुम्लिङटारमा उडान गर्दै आएका छन्। साथै बुद्ध एयरले अहिले पोखरलाई आधार बनाएर नेपालगञ्ज, भैरहवा, सिमरा र चितवनमा उडान गर्दै आएको छ भने चितवनबाट भैरहवामा पनि उडान गर्दै आएको छ।

यसैगरी आन्तरिक उडानमा यती एयरलाइन्सको बजार हिस्सा २३ दशमलव ९८ प्रतिशत रहेको छ। यती एयरलाइन्सले ६ महिनाको अवधिमा ५ हजार ७ सय ९४ उडान मार्फत २ लाख ९४ हजार २ सय १८ जनालाई आन्तरिक हवाई सेवा दिएको छ।

यतीसँग अहिले ५ वटा जहाज छन्। यतीले नेपालगञ्ज, भैरहवा, पोखरा, भद्रपुर, विराटनगर, जनकपुर लगायतको गन्तव्यमा उडान गर्दै आएको छ।

यसैगरी आन्तरिक उडानमा तेस्रो बजार हिसा ओग्टन सफल एयरलाइन्स श्री हो। श्री एयरलाइन्सको बजार हिस्सा १६ दशमलब १८ प्रतिशत रहेको छ।

श्री एयरलाइन्सले २ हजार ८ सय ८९ उडान मार्फत १ लाख ९८ हजार ५ सय ५० जनालाई आन्तरिक हवाई सेवा दिएको छ।यसैगरी ६ महिनाकै अवधिमा ३२ हजार ७ सय ९६ र नेपाल एयरलाइन्सले ८ हजार २ सय ९७ जनालाई हवाई सवा दिएको छ।

आन्तरिक उडानमा ५२ जहाज

अहिले आन्तरिक उडानमा ५२ वटा जहाज रहेका छन्। तर, केही एयरलाइन्समा केही जहाज ग्रााउन्न्डेड पनि छन। आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरको १५ वटा जहाज छन्। बुद्धसँग १३ वटा एटिआर र २ वटा विजक्राफ्ट जहाज छन्।

यसैगरी दोस्रो बजार हिस्सा ओगट्दै आएको यतीसँग भने अहिले ५ वटा मात्रै जहाज छन। यतीसँग भएका सबै जहाज एटिआर नै हो। साथै श्रीसँग ६ वटा र सौर्यसँग ३ वटा जहाज रहेका छन् भने गुण एयरलाइन्ससँग ७ वटा जहाज छन्। तर, गुण एयरलाइन्स अहिले उडानमा छैन।

यसैगरी स्टलमा उडान गर्दै आएको सितासँग ४, तारासँग ४ र समिटसँग ५ वटा जहाज छन्। यसैगरी, सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि ३ वटा जहाज आन्तरिक उडानमा प्रयोग गर्दै आएको छ।

३ एयरलाइन्सले नयाँ जहाज थप्दै

आन्तरिक उडानमै रहेको ३ वटा एयरलाइन्सले ६ वटा जहाज थप्ने तयारी गरेका छन्। श्री एयरले ३ वटा जहाज थप्नका लागि अनुमति पाइसकेको छ। एयरलाइन्सले २०२१ भित्रै जहाज ल्याउने तयारी गरेको छ। यती एयरलाइन्सले पनि २ वटा एटिआर जहाज र बुद्धले पनि एउटा एटिआर जहाज थप्ने तयारी गरेको छ।


प्रकाशित : आइतबार, भदौ २० २०७८१९:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend