सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

नेपाल टेलिकमले ल्यायो आईसीटी डे अफर, के-के छन् सुविधा?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
images
images
नेपाल टेलिकमले ल्यायो आईसीटी डे अफर, के-के छन् सुविधा?

डाटा प्याकेजअन्तर्गत ९८ रूपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रूपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९४ रूपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा प्याकेज उपलब्ध छ।

images
images

काठमाडौं- नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि 'आईसीटी डे अफर' सार्वजनिक गरेको छ।

images
images
images

टेलिकमको उक्त अफरअन्तर्गत कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ। टेलिकमका अनुसार अफरमा ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराइएको छ।

images
images

यसैगरी डाटा प्याकेजअन्तर्गत ९८ रूपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रूपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९४ रूपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रूपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ। 

images
images
images

यो अफर बैशाख १७ (आज) देखि आगामी २०८० बैशाख १९ सम्म लागु हुने टेलिकमले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख १७ २०८००६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend