बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

इलाममा टि टेस्टिङ, प्रतिकेजी १० हजारमा चिया बिक्री

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
images
images
इलाममा टि टेस्टिङ, प्रतिकेजी १० हजारमा चिया बिक्री

नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ। इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रूपैयाँमा चिया बिक्री भएको हो। अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा पाँच केजी अर्थोडक्स चिया ५० हजारमा खरिद गरेकी हुन्।

images
images

मंगलबारे- यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन्। तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन्। 

images
images
images

शनिबार २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो। टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायतका देशका चिया व्यवसायीको उपस्थिति थियो। चिया टेस्टिङका अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए।

images
images

नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ। इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रूपैयाँमा चिया बिक्री भएको हो। एकजना अमेरिकी नागरिकले प्रतिकेजी १० हजार रूपैयाँका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन्। अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा पाँच केजी अर्थोडक्स चिया ५० हजारमा खरिद गरेकी हुन्।

images
images
images

सूर्योदय चिया उत्पादक संघले उत्पादन गरेको चिया किसानले प्रतिकेजी एक हजार रूपैयाँ मूल्य तोकेका थिए। उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजारसम्म पुर्‍याएका थिए। 

‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी हजार र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी ४ हजार रूपैयाँका दरले चिनियाँ खरिदकर्ताले खरिद गरेका थिए। व्यापारीहरुले लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए।

विश्व बजारमा चिया अक्सनमार्फत खरिदबिक्री हने गरेको छ। नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्री गर्नु परिरहेको किसानहरुको गुनासो छ। किसानहरुले आफूहरुको चिया सोझै तेस्रो मुलुक नेपाली चिया समेत निर्यात गर्नुपर्ने माग गर्दै आएका छन्। रासस


प्रकाशित : आइतबार, वैशाख १७ २०८००६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend