बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सोलार प्यानलमा समस्या आएपछि दगाममा खानेपानी अभाव

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
images
images
सोलार प्यानलमा समस्या आएपछि दगाममा खानेपानी अभाव

दुई सातादेखि सोलारमा समस्या आएपछि खानेपानीको समस्या भएको स्थानीयले बताएका छन्।

images
images

दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ। अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन्।

images
images
images

दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले बताए। 'दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक मर्मत गर्‍यो पुनः बिग्रिन्छ', उनले भने, 'सोलारमा समस्या आएपछि पर्याप्त पानी आएको छैन।'

images
images

सोलारमा समस्या आउँदा घर-घरमा वितरण गरिएको धाराबाट पर्याप्त पानी आएको छैन। यसका कारण स्थानीयवासी पँधेरामा पुगेर डोकोमा बोकेर पानी ल्याउन बाध्य छन्। उनका अनुसार स्थानीयवासी घरबाट आधा घण्टाको दूरीमा रहेको पँधेराबाट पानी ल्याउन बाध्य छन्। 'पानी पर्याप्त नआएका कारण बिहानै उठेर पँधेरामा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ', उनले भने, 'उक्त पँधेरा धेरै वर्ष पुरानो हो, खानेपानी योजना बन्नुभन्दा पहिला यहाँका स्थानीयले त्यहीँको पानी उपभोग गर्दथे।'

images
images
images

स्थानीय कमला थापाका अनुसार पानीको अभाव भएपछि बिहानै उठेर पँधेरामा गएर पानी ल्याउनुपर्ने बाध्यता छ। खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटे पनि अहिले सोलारमा समस्या आउँदा सास्ती भएको उनको गुनासो छ। दगाममा ४१ घरधुरी छ। अहिले सबै घरमा खानेपानी योजनाबाट पर्याप्त पानी आएको छैन।

'सोलार प्यानलका बारेमा हामीहरूलाई पनि धेरै ज्ञान छैन, बिग्रिएको बेला प्राविधिक आएर बनाइदिन्छन्, केही समयपछि फेरि बिग्रिन्छ', उनले भने। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रेबजारबाट सात किलोमिटर दूरीमा दगाम गाउँ छ। यो गाउँ मह उत्पादनका लागि पनि प्रख्यात छ। यहाँका स्थानीयवासी घरबास सञ्चालनमा समेत लागेका छन्। रासस 


प्रकाशित : आइतबार, वैशाख १७ २०८००४:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend