काठमाडौं- नेपालको स्वास्थ्य सेवा प्रणालीमा खर्च गर्नेगरि विश्व बैंकले १० करोड ऋण उपलब्ध गराउने भएको छ। स्वास्थ्य सेवा प्रणालीको क्षमता अभिवृद्धिका लागि दिइने १० करोड डलर ऋण बैंकको बोर्डले स्वीकृत गरेको छ।
गुणस्तरीय स्वास्थ्य कार्यक्रमका लागि बैंकले १० करोड डलर ऋण सहायता उपलब्ध गराउने छ।
यो ऋण सहायताबाट स्वास्थ्य बीमा कार्यक्रमको विस्तार तथा स्वास्थ्य प्रणालीको गुणस्तर बढाउनेमा खर्च हुने छ। कोशी र गण्डकी प्रदेशमा यो कार्यक्रम लागू हुने छ।
संघीय तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्ड प्रदेश तहमा प्रदेश सरकारले कार्यान्वयन गर्नेछन्।
१० करोड डलरमा ३८ लाख डलर अनुदान हुनेछ भने बाँकी ऋण हुने छ।