शुक्रबार, असोज ४ गते २०८१    
images
images

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

images
शनिबार, वैशाख १६ २०८०
images
images
काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

महाशाखाका मौसमविद् गोविन्दकुमार झाकाअनुसार काठमाडौंमा विगत दुई घण्टादेखि मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ।

images
images
काठमाडौं- स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 
महाशाखाका मौसमविद् गोविन्दकुमार झाकाअनुसार काठमाडौंमा विगत दुई घण्टादेखि मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ।
 
अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए।
 
रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


प्रकाशित : शनिबार, वैशाख १६ २०८०११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend